के तपाईमा यस्ता संकेत छन् ? छन् भने तपाईं धेरै बुद्धिमान हुनुहुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७५, बुधबार ०५:३३

काठमाडौं । मानिसका सबैका आ९आफ्ना गुण हुन्छन् । ती गुणले व्यक्तिको जीवनमा प्रत्यक्ष९अप्रत्यक्ष असर पारिरहेको हुन्छ । ती गुण र बानीले नै मानिसको भविष्य निर्धारण भएको हुन्छ र उसको विशेषता समेत बताइरहेको हुन्छ ।

मानिसको बानीले, उसमा भएका गुणले ऊ कत्तिको बुद्धिमान व्यक्ति हो भन्ने अनुमान गर्न सकिन्छ । वैज्ञानिकहरुले पनि केही त्यस्ता गुण वा बानीलाई व्यक्तिको क्षमता मापन गर्ने आधार बनाएका छन्।

बुद्धिमान व्यक्ति राती अबेरसम्म पनि सुत्दैन । उसलाई निन्द्रामा समेत छटपटी हुन्छ । लिओनार्दो दा भिन्ची दिनको करिब तीन घण्टा मात्र सुत्ने गर्थे र सफल भएका धेरै व्यक्तिहरुको बारेमा पढ्दा पनि यस्तो तथ्य फेला पर्छ। वैज्ञानिकहरुका अनुसार, बुद्धिमान व्यक्तिले रातीको समयमा पनि केही पढ्न, केही नयाँ कुरा सिक्न प्रयास गर्छ, जसले गर्दा ऊ ढिलो सुत्छ। त्यस्तै, उसको दिमागमा विचारहरु खेलिरहनाले ऊ मस्त निदाउन सक्दैन।

बुद्धिमान व्यक्ति अल्छि हुन्छ । ऊ सोंचाइले र नयाँ प्रयोगले शारीरिक रुपमा थाक्छ, जसले गर्दा अल्छि बन्छ । फेरी अल्छिपनकै कारण उसले सुविधा खोज्छ, नयाँ र छिटो हुने प्रयोग खोज्छ , जसले गर्दा नै रिमोट, यातायात, टेलिफोन जन्मिएका हुन्। त्यस्तै , बुद्धिमान व्यक्ति भ्रमण गर्न बढी मन पराउँछ। भ्रमण गर्दा नयाँ मानिस, नयाँ पृष्ठभूमि, नयाँ विचार, नयाँ वातावरण बारे बुझ्न पाइन्छ र त्यसले आफूमा केही नयाँपन ल्याउन सकिन्छ, आफ्नो कामलाई नयाँ रुप दिन सकिन्छ, विभिन्न कुरा सिक्न सकिन्छ।

बुद्धिमान व्यक्तिहरु समाजमा धेरै घुलमिल हुँदैनन् । उनीहरु प्राय एकलकाटे प्रकृतिका हुन्छन् । किनकी उनीहरुको सोंच समाजका अरु व्यक्तिको सोंच संग मिल्दैन, समाजले उनीहरुको सोंचलाई छिट्टै स्विकार्न, आत्मसाथ गर्न सक्दैन भन्ने उनीहरुलाई थाहा हुन्छ । विचार मिल्न नसकेकै कारण उनीहरु सम्बन्धहरुमा धेरै रमाउन सक्दैनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१