प्रियंका र निकको विवाहमा यसो भन्छिन् बेलायती राजकुमारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७५, बुधबार ०५:२२

प्रियंकाले गत जुलाई १८ तारिखमा अमेरिकी गायक एवं नायक निक जोनससँग इन्गेजमेन्ट गरिन् । अहिलेसम्म यी दुईको विवाह अक्टोबरमा हुने भनिएको थियो तर ताजा जानकारी अनुसार दुबैको विवाह निकको जन्मदिन अर्थात् सेप्टेम्बर १६ तारिखमा हुने बताइएको छ ।

यसैबीच प्रियंकाकी नजिककी साथी र बेलायत राजकुमार ह्यारीसँगको विवाहपछि राजकुमारी बनेकी मेगन मर्केलले प्रियंका र निकलाई शुभकामना दिँदै उनीहरुलाई चाँडै नै उत्कृष्ट, सुन्दर र प्रतिभाशाली बच्चा जन्माउन सल्लाह दिएकी छिन् ।

प्रियंकाको ब्राइड्समेट बन्न चाहन्छिन् मेगनः प्रियंका चोपडा र निकको विवाहका लागि मेगन निकै उत्साहित छिन् । मेगनका अनुसार प्रियंका अमेजिङ पर्सनालिटी भएकी महिला हुन् र उनका लागि निक बेस्ट छन् । उनलाई लाग्छ कि यो हट जोडी विवाहपछि थप शानदार हुनेछन् ।

स्मरण रहोस्, मेगन प्रियंकाकी नजिककी साथी हुन् । उनले आफ्नो विवाहमा प्रियंकालाई पनि निम्तो दिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१