‘देवरलाई बधाई दिन मन छ, फोन उठ्दैन, घर देखेकी छैन’ नेता ईश्वर पोख्रेलकी भाउजु राधा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७५, मंगलवार ०५:३५

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका नेता, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलकी ७७ वर्षीय माइली भाउजू राधाकुमारी पोखरेल ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका(२ निशंखे एक्लै बस्दै आएकी छन् ।

भूकम्पले चर्किएको घरमा बस्दै आएकी राधाकुमारीले प्रत्येक दशैँमा उपप्रधानमन्त्री पोखरेलका दम्पतिको फोटालाई टीका लगाइदिएर दशैँ मनाउने गरेकी छन् ।

चार वर्ष अगाडि देवर(देउरानीको फोटो मगाएपछि प्रत्येक वर्ष राधाकुमारीले फोटोमा टीका लगाउन छुटाउँदिनन् । ‘देवरले ४ वर्षअघि फोटो पठादिनु भएको थियो, त्यही फोटोमा दशैँमा टीका लगाइदिन्छु ’उनले भनिन् ।

आठ वर्षको कलिलो उमेरमा ईश्वर पोखरेलका माइला दाजु धर्मराजसँग उनी विवाह बन्धनमा बाँधिएकी थिएन् । श्रीमान् धर्मराजले राधाकुमारीलाई एक्लै छोडेर मधेसमा झरेपछि दोस्रो विवाह गरेका थिए । घरपरिवार भन्दा टाढा माइतीको नजिक बस्दै आएकी राधाकुमारीलाई सानो दोकान चलाएर जीविका चलाइरहेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०