डिस्को गएर मदिरा सेवन गरी होहल्ला गरेको भन्दै बिमल घर्तीमगरसहित ५ खेलाडीलाई कारबाही

काठमाडौं । अनुशासन विपरित गतिविधि गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाही अघि बढाएको छ। बिमल घर्तीमगरसहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण सोधेको छ।

एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका उनीहरु डिस्को गएर मदिरा सेवन गरी होहल्ला गरेका थिए। बिमलसहित बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगर गत शनिवार डिस्कोमा गएर मदिरा सेवन गरेको भन्दै अनुशासनको कारबाहीस्वरुप स्पष्टिकरण सोधेको हो।

मङ्लबार, साउन १५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री