साउनको महिनामा भुलेर पनि यी कार्य नगर्नुहोस नत्र शिव भगवान रिसाउनु हुने छ : धर्मशास्त्र यसो भन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७५, आईतवार ०५:२९

श्रावण महिना भगवान शिवको विशेष पूजा आराधना हुने गरेको छ । यस महिनामा शिव भगवानलाई प्रसन्न पार्न सकिए मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

श्रावण महिनामा भगवान शिवको मन्दीर, नदी नालामा भक्तजनको उपस्थिति हुने गरेको छ । श्रावणलाई भगवान शिवसहित प्रकृतिको पूजाको रुपमा समेत लिने गरिएको छ ।

यस महिना भगवान शिवको पूजामा विशेष ध्यान दिन जरुरी छ । यस वर्ष चारवटा सोमबार रहेका छन् । श्रावणको शुभारम्भ श्रवण नक्षत्र, मकर राशि तथा कर्कट लग्नमा भएको छ । मकर राशिको स्वामी शनि हो । कर्कटको स्वामी चन्द्रमा हो र चन्द्रमा र शनि वराबर शत्रु हुन् । यस कारण श्रावणको शुभारम्भ राजसी योगमा रहेको छ । राजसी योगमा भगवान शिवको रुद्राभिषेक तथा जप गर्नाले सबै मनोकामना पूर्णहुने विश्वास गरिन्छ । पार्वतीले पनि श्रावणमा शिवलाई प्रशन्न गरेर पति पाएकी थिइन् । यसकारण युवतीहरु आफूले चाहेको जस्तो वरका लागि सोमबारको ब्रत बस्ने गरेका छन् ।

यदी निर्जल ब्रत बस्न नसकेको खण्डमा फलाहार ब्रत राख्न सकिने छ । शिव पुराणको पाठ पारयण गर्दा लाभदायक हुन्छ । शिव पुराण पाठ पारयण गर्नाले मुक्तिपाइने धर्मशास्त्रमा उल्लेख गरिएको छ । शिवजीको पूजामा वेलपत्र र तामाको नाग भगवान शिवलाई अर्पण गर्नुपर्छ । ज्योतिषशास्त्र अनुसार यसले कालसर्प, सर्प योग तथा राहु केतुको अशुभ प्रभावमा कमी आउँनेछ । सूर्योदय भन्दा पहिला उठेर शिव भगवानको ध्यान तथा शिवलिंगमा जलअभिषेक गर्नु पर्दछ ।

श्रावण महिनामा मासु, मदिराको सेवनलाई बर्जित गरिएको छ । विवाह लगायका कार्य गर्न पनि बन्देज लगाइएको छ । यसका अलावा ब्रम्हचार्य ब्रत नियमको पालना गर्न आवश्यक छ र सावनको एक महिनाको ब्रतमा हरियो सागसव्जि खान हुँदैन । त्यस्तै शरीरमा तेल लगाउन तथा काँसको भाडामा खाना खानु शुभ मानिन्छ । पूजाका क्रममा शिवलिंगमा बेसार चढाउन बर्जित गरिएको छ ।

श्रावण महिनामा दुधको सेवन राम्रो मानिदैन । यही कारण श्रावण महिनामा भगवान शिवलाई दूधबाट अभिषेक गर्नु भनिएको हो । श्रावण महिनामा दिउँसो सुत्नु हुँदैन, त्यस्तै भन्टा तरकारीको रुपमा खान हुँदैन । भन्टालाई अशुद्ध मानिन्छ । यसकारण द्वादशी, चतुर्दशी तथा कात्तिक महिनामा पनि यसको सेवन गर्नु हुँदैन ।

श्रावणमा घर नजिक साँढे आएको खण्डमा लखेट्नु हुँदैन, बरु केही खुवाउनु पर्छ । साँढे भगवान शिवको वाहन नन्दीको रुपमा रहन्छ । यो महिनामा शिव र पार्वतीको पूजा अर्चनाले प्रेम, सद्भावमा वृद्धि हुन्छ तथा दाम्पत्य जीवन पनि सफल हुने धार्मिक मान्यता छ । श्रोत लोकान्तर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१