ब्वाइफ्रेण्डका लागि शुटिङ सुरु गरेको दुई दिनमै फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले पोखे यस्तो आक्रोश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७५, आईतवार ०५:२७

मुम्बई। अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्।

शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्।

निर्देशक अलि अब्बास जाफरसँग मिलेर ‘भारत’ निर्माण गर्न लागेका सलमान प्रियंकाले बीचमै साथ छोडेपछि नयाँ हिरोइनको खोजीमा जुटेका छन्। अब प्रियंकाको ठाउँमा कट्रिना कैफलाई ल्याउने उनको तयारी छ। सलमानले पछिल्लो फिल्म ‘टाइगर जिन्दा हे’मा कट्रिनासँग काम गरेका थिए।

साथै प्रियंकाले धोका दिएको भन्दै सलमान अब उनीसँग काम नगर्ने निष्कर्षमा पुगेको समाचारहरुमा जनाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१