बस कन्डक्टरदेखि सुपरस्टार बनेका रजनिकान्तका यस्ताछन् रोचक तथ्यहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७५, आईतवार ०५:३८

काठमाडौँ । साउथ इन्डियाका सुपरस्टार रजनिकान्तले भर्खरैमात्र राजनीतिमा आउने घोषणा गरेका छन्। फिल्म करिअरसँगै ६७ वर्ष पुगेका उनले नयाँ पार्टी खोलेर राजनीतिमा आउन लागेका हुन्। आगामी सन् २०२१ मा हुने तमिलनाडु विधानसभा चुनावमा रजनिकान्त पनि चुनावी मैदानमा हुने छन्।

तपाईलाई जानकारी होस् सुपरस्टार रजनिकान्तले आफ्नो करिअर बस कन्डक्तरबाट सुरु गरेका थिए । बसमा कन्डक्टर हुँदै गर्दा उनलाई चलचत्रिमा खेल्ने अफर आयो र विभिन्न संघर्ष गर्दै रजनिकान्त सुपरस्टार नै बने। आज हामी तपाईलाई बताउँदै छौँ कि उनका व्यक्तिगत जीवनका केही रोचक तथ्यहरु।

१२ डिसेम्बर १९५० मा बैङ्लोरको एक सामान्य मराठी परिवारमा जन्मिएका थिए। रजनीकान्तको असली नाम शिवाजी राव गायकवाड हो। बाबु जीजाबाई र आमा रामोजीका चार सन्तानमा सबैभन्दा कान्छा हुन् रजनीकान्त । उनको स्कुले जीवन बैङ्लुरुमा बित्यो।

उनी चार वर्षको उमेरमा नै रजनीकान्तले आफ्नी आमा गुमाएका थिए। घरको आर्थिक अवस्था खासै राम्रो थिएन त्यसैले उनले सानैबाट सबै प्रकारका काम गर्थे । जसमा रजनीकान्त कुल्लीदेखि लिएर बस कन्डक्टर जस्ता काम पनि गरे। बसमा टिकट काट्ने काम गरेका रजनिकान्तको ड्राईभर र गाडीमा चढ्ने यात्रुहरुसँग निकै सुमधुर हुने गर्दथ्यो।

रजनीकान्तको कलाकार बन्ने सपना पूरा गर्न उनका साथी राज बहादुरले ठुलो मद्दत गरेका थिए। उनले नै रजनीकान्तलाई मन्द्रास फिल्म इस्टिट्च्युटमा लगेर मोटिभेट गराएका थिए। रजनीकान्तका लागि यस्तो क्लास लिन निकै कठिन थियो। रजनीकान्तका साथी राज बहादुर र अन्य केही साथीहरुले मद्दत गरे जो रजनीकान्तसँगै बसमा कन्डक्टरको काम गर्थे । अभिनय सिक्ने सिलसिलामा रजनीले तामिल भाषा पनि सिके।

यसैबीच रजनीकान्तको भेट चलचित्र निर्देशक बालचन्द्रसँग भयो। उनै निर्देशक बालचन्द्रले रजनीकान्तलाई चलचित्र अपूर्वा रागनगालमा डेब्यु गराए। यस चलचित्रमा कमल हसन र श्रीविद्याले पनि अभिनय गरेका थिए। यस चलचित्रमा रजनीको सानो नेगेटिभ रोल थियो । पहिलो चलचित्र खेलेको तीन चार वर्षपछि रजनीलाई यस्तै रोल मिले।

रजनीकान्तको चलचित्र बिल्ला बक्स अफिसमा निकै सफल भएको थियो । जुन सन् १९७८ को बलिउडका चर्चित नायक अमिताभ बच्चनको हिट फिल्म डाँकको रिमेक थियो। चलचित्र बाशा बाट रजनीकान्त सुपरस्टार नै बने । जुन चलचित्र १९९५ मा रिलिज भएको थियो। यो चलचित्रले बक्स अफिसमा निकै नै रेकर्ड तोडेको थियो। यहि फिल्मले तमिल चलचित्रलाई अन्तराष्ट्रिय बजारमा चिनाएको थियो । उनको चलचित्र मुथुँ, जापानमा पहिलोपटक रिलिज हुने तमिल भाषाको फिल्म हो।

यसपछि २०१७ मा उनको चलचित्र चन्द्रमुखी तुर्की र जर्मनीमा एकैपटक रिलिज भएको थियो। शिवाजी उनको पहिलो फिल्म हो जुन यूके र साउथ अफ्रिकाको बक्स अफिसमा टममा छ। रजनीकान्तले आफ्नो चलचत्रि करियरको १० वर्षमा १०० फिल्म खेलिसकेका थिए। उनले आफ्ना १०० औँ फिल्म श्री राघवेंद्र मा हिन्दू संत राघदेंव स्वामीको अभिनय गरेका छन्।

फिल्ममा आउनुभन्दा अगाडि उनले कत्रडं नामक नाकटमा अभिनय गरेका थिए। उनले दुर्योधनको भूमीका निभाएका थिए जुन अभिनयले रजनीलाई निकै पपुलर बनायो। रजनीकान्तले पहिलो पटक तमिल फिल्ममा एनिमेशन इन्ट्रोड्युस गरेका थिए। राजा चायना रोजा पहली फिल्म थियो ।

जसमा एनिमेशन शामेल गराइएको थियो । रजनीकान्तले तमिल, हिन्दी, मलयालम, कन्नड, र तलंगु सँगै बंगाली भाषको चलचित्रमा पनि काम गरेका छन्। उनको पहिलो हिन्दी फिल्म अंधा कानुन हो । यही चलचित्रको बंगाली नाम भाग्य देबता थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१