शिव भगवानको प्रिय महिना श्रावणलाई किन भनिन्छ उत्कृष्ट महिना ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७५, शनिबार ०६:१८

साउन महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ । यी ५ ओटा तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो ।

१- मरकन्डू ऋषिका पुत्र मारकण्डेयले लामो आयूका लागि श्रावण महिनामै घोर तपस्या गरेर भगवान शिवको कृपा प्राप्त गरेका थिए । जसबाट मिलेका मन्त्र शक्तिका अगाडि मृत्युका देवता यमराज पनि नतमस्तक भएका थिए ।

२. भगवान शिवलाई श्रावण महिना प्रिय लाग्नुको कारण यो पनि छ कि, भगवान शिव श्रावण महिनामै पृथ्वीमा अवतरित भए आफ्नो ससुराली गएका थिए । त्यहाँ उनको स्वाग्त अर्घ्य र जलाभिषेकबाट गरिएको थियो । मानिन्छ कि प्रत्येक वर्षको श्रावण महिनामा भगवान शिव आफ्नो ससुराली आउँछन् । भू–लोक वासीका लागि भगवान शिवको कृपा पाउने यो उत्तम उपाय हो ।

३. पौराणिक कथामा वर्णन गरिएको छ कि यसै श्रावण महिनामा समुद्र मन्थन गरिएको थियो । समुद्र मन्थन पछि नै कालकूट विष निस्किएको थियो । जसलाई भगवान शिवले आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । तर विषपानका कारण महादेवको कण्डा निलो रंगको भयो । जसबाट शिवको नाम ‘नीलकण्ठ महादेव’ पनि रहन गयो ।

विषको प्रभाव कम गर्नका लागि देवी–देवताले शिवलाई जल अर्पण गरे । यसकारण शिवलिङ्गमा जल चढाउनुको खास महत्व छ । यही कारण हो कि साउन महिनामा भगवान शिवलाई जल चढाउँदा विशेष फल प्राप्त हुन्छ ।

४.‘शिवपुराण’मा उल्लेख गरिएको छ कि भगवान शिव स्वय जल हुन् । यसकारण जल अभिषेकको रुपमा भगवान शिवको अराधना गर्नु सबैभन्दा उत्तम फल हो ।

५.शास्त्रहरुमा वर्णित गरिएको छ कि श्रावण महिनामा भगवान विष्णु योगनिन्द्रमा हुन्छन् । यसकारण यो समय भक्तजन, साधु–सन्त सबैका लागि अमूल्य हुन्छ । यो चार महिनामा हुने एक वैदिक यज्ञ हो । जसलाई एक प्रकारको पौराणिक व्रत पनि मानिन्छ, र यसलाई ’चौमासा’ पनि भनिन्छ । त्यसपछि सृष्टि सञ्चालनको उत्तरदायित्व भगवान शिवले ग्रहण गर्छन् । यसकारण साउनको प्रधान देवता भगवान शिव बन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१