गोलभेडा र भ्यान्टा खाँदा मृगौलाको पत्थरी ? यस्तो छ वास्तविकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७५, शनिबार ०६:११

तरकारीको स्वाद बढाउन होस् वा सलाद, अचारका लागि गोलभेडाको प्रयोग दैनिक जीवनमा धेरै नै हुन्छ । भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्सले भरिपूर्ण गोलभेडा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गोलभेडा भिटमिन सीको राम्रो स्रोत हुनुका साथै जैविक सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र सल्फरको राम्रो स्रोत हो । गोलभेडामा रहेको गलूटाथीयोनले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ भने प्रोस्टेट क्यान्सरबाट पनि शरिरलाई सुरक्षित राख्छ । कतीले गोलभेडा, पालुङ्गो र भ्यान्टा खाँदा पत्थरीको खतरा हुने मान्यता राख्छन् । आउनुहोस्, यसको वास्तविकताबारे जानकारी लिऔंः

गोलभेडा र पत्थरीबीचको सम्बन्ध के ?

मृगौलामा अक्जालेट र क्याल्सियम जस्ता तत्व जम्मा भएर एक ठोस् ढुङ्गाजस्तो बनेपछि पत्थरी हुन्छ । जब तपाईं अत्यधिक मात्रामा अक्जालेट भएका खानेकुरा खानुहुन्छ तब मृगौलामा पत्थरीको आशंका बढ्ने गर्छ । गोलभेडामा पनि अक्जालेटको मात्रा हुन्छ तर यो सिमित मात्रामा हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुँदैन ।

गोलभेडा खाँदा अपनाउनुस् यस्ता सावधानीः

सामान्य अवस्थामा गोलभेडा खाँदा तपाईंलाई कुनै प्रकारको रोगको खतरा हुँदैन । तर यदि तपाईं गोलभेंडाको अत्यधिक सेवन गर्नुहुन्छ भने यसको बियाँ निकालेर प्रयोग गर्नुहोस् । यसका साथै, यदि तपाईंलाई पहिले पनि पत्थरीको समस्या भइसकेको छ वा अल्ट्रासाउन्डमा साना पत्थरी देखिएको छ भने तपाईंले गोलभेडा, भ्यान्टा र खुर्सानीको सेवन कम गर्नुपर्ने विशेषज्ञ सुझाउँछन् । यस्ता रोगीले बियाँ निकालेर प्रयोग गर्न सक्छन् । यसका साथै, धेरैले गोलभेडाको अचार बनाउन सिलौटो प्रयोग गर्दछन् । कुनै पनि मसला, अचार, फलफूल वा तरकारी पिस्नका लागि सिलौटोको प्रयोग नगर्नुहोस् । यसले तपाईंलाई पत्थरी हुन थप सघाउ पुर्याउँछ ।

गोलभेडा खाँदा शरिरलाई हुने फाइदाः

गोलभेडामा भोक लाग्ने हर्मोनलाई कम गर्ने क्षमता हुन्छ । यसले तपाईंको तौल कम हुनुका साथै थुप्रै रोगबाट पनि राहत प्रदान गर्छ । गोलभेडामा भिटामिन सी, बिटाक्यारोटिन, लाइकोपिन, भिटामिन ए र पोटाशियमको प्रचुर मात्रा पाइन्छ जसले मुटुरोगको खतरा कम हुन्छ । गर्मीमा यसको सेवनन शरिरका लागि निकै फाइदाजनक हुन्छ ।

यी खाद्य पदार्थले पनि हुँदैन पत्थरीः

गोलभेडाका साथै खुर्सानी, भ्यान्टालगायतका बियाँ भएका आहारले पत्थरीको आशंका बढाउने धेरै मानिसको आशंका छ । यस्तै, दुधमा क्याल्सियमको मात्रा धेरै हुने भएकाले यो पनि पत्थरीको कारण हुनसक्ने बताउँछन् । तर यस्तो होइन । दुधमा क्याल्सियमको मात्रा धेरै भएपनि मृगौलाको पत्थरीमा यसको कुनै सम्बन्ध हुँदैन । जबकी वास्तवमा क्याल्सियमको कमीले मृगौलामा पत्थरीको समस्याको खतरा अत्यधिक हुने गर्दछ ।

यी खानेकुरा सेवन गर्दा सावधानी अपनाउन्सः

चिया, कफी, पालुङ्गो, धेरै नुनिला खानेकुरा, फास्ट फुड, बदामलगायतका खानेकुरा पत्थरीका कारण बन्न सक्छन् । यसका साथै सी–फूड र टेबल साल्टेड रेड मीटमा युरिक एसिड उच्च मात्रामा हुन्छन् जुन पत्थरीको कारण बन्ने गर्दछ । यसका साथै कम मात्रामा पानी पिउँदा पनि पत्थरी हुने सम्भावना उच्च हुन्छ ।

ओन्ली माई हेल्थ
एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१