प्रधानमन्त्रीको जवाफ-अनशन बसेर माग पूरा हुने भए संसद किन चाहियो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७५, शुक्रबार ०५:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्नका लागि डा. गोबिन्द केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिनुभएको छ ।

पोखरा बिश्वबिद्यालयको १९ औं साधरणसभामा बिहीवार बोल्दै उहाँले डा. केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो ।

ओलीले डा.गोविन्द केसीलाई अनसन बसेर मात्रै सबै कुरा पाइन्छ भन्ने भ्रमबाट मुक्त भई आयोगको नेतृत्वमा रहेर काम गर्न आग्रह गर्नु भएको छ । सभामा बोल्दै मन्त्री ओलीले अनशनबाटै सबै कुरा पाइने भए संसद किन चाहियो भनेर प्रश्न गर्नु भएको छ ।

चिकित्सकहरुको आन्दोलन मर्यादाबाहिरको भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘काम नै बिरामीको उपचार गर्ने हो । आफूलाई चिकित्सक भन्ने तर बिरामीको उपचार नगर्ने । यो अमर्यादित हो’ प्रधानमन्त्रीले भन्नुभयो,‘डाक्टरले आज बिरामीको उपचार गर्दिन, भोलि गर्छु भन्दा कयौंको ज्यान जान सक्छ । यस्तो काम उचित होइन ।’

प्रधानमन्त्री ओलीले आफु जनताको प्रधानमन्त्री भएको भन्दै त्यसै अनुरुपका कामहरु भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०