भारतीय रूपैयाँसहित चार पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०७५, बिहीबार ०४:४८

रूपन्देही। ५३ लाख भारतीय रूपैयासहित रूपन्देहीमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नं. १३ स्थीत ह्वाइट लोटस होटलबाट उक्त भारतीय रूपैयासहित पक्राउ गरेको हो।

भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलको कोठा नं. १०७ मा खानतलासी गर्दा कोठामा रहेको झोलामा पुरानो भारतीय १ हजार दरको २ हजार ६ सय ५० र ५ सय दरको ५ हजार ३ सय गरी ५३ लाख सहित उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको रोहीणी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ५४ को दुधनाथ योगी, सिद्दार्थनगर नगरपालिका २ बस्ने वर्ष ३७ को गणेश थापा, वडा नं. ८ बस्ने ३८ वर्षको राजु बुढाथोकी र बुटवल उपमहानगरपालिका वडा नं.१६ बस्ने बर्ष ४२ को हेमराज कठरिया रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति र बरामद भारतीय रूपैया थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग हरिहर भवन पठाईएको ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१