निजा भन्दै छिन्– ओ डियर ह्वाट यु वान्ट टु से !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७५, बुधबार १४:३५

बच्चै देखि गीत गाउनमा मन लगाउने गरेकी १७ वर्षीया निजा पौडेलले हालै पहिलो गीत रेकर्ड गराएकी छिन् । उनको गीतको बोल छ ओ डियर ह्वाट यु वान्ट टु से रुगरौ कन्फर्म बे ।

आफ्नै उमेका युवायुवतीलाई लक्षित सो गीतमा नीजालाई विश्व नेपालीले गायनमा साथ दिएका छन् ।

खासगरी कभर सङ्ग गाउँदै आएकी निजा आफूले गायनलाई अब व्यवसायिक रुपले अघि बढाएको बताउँछिन् । एक दर्जन भन्दा बढी कभर सङ गाएकी निजा आफ्नो पहिलो गीतको भिडियो जेठ १६ गते सार्जनिक गरेकी छिन् ।

ट्रिनिटी इन्टरनेशनल कलेजमा ११ कक्षामा अध्ययनरत उनि गायनका साथै मोडलिङ्ग र अभिनयमा पनि रुचि राख्छिन् । गायिका मात्रै होइन, उनि आफूलाई हिरोइनका रुपमा पनि चलायमान बनाउन चाहन्छिन् ।
७ कक्षामा पढ्दा देखि गाउन थालेकी निजाको रकेर्ड पहिलो गीतमा विकास चौधरीको संगीत र अविनाश थापाको शब्द छ । भिडियोको निर्देशन भने कृष्णदेव रुपाखेतीले गरेका छन् ।

धनुषा कै महेन्द्रनगरकी कभर सङबाट दर्शक–श्रोताको मन जितिरहेकी निजा आफ्नो गीतबाट अर्झ बढी चर्चित हुने विश्वासमा छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१