दुर्गा विरहीको उत्कृष्ट गित आउनु सानु घुम्नलाई मेरो गाउँ रिलिज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७५, बुधबार १४:२६
६० भन्दा बढि गितमा आवाज दिईसकेका र सयौ गितसंगित सिर्जना गरेका गायक दुर्गा विरहीले विल्कुलै नौलो उत्कृष्ट झ्याउरे भाका बजारमा ल्याएका छन । विरहीले यस अघिका गितमा भन्दा यो गितलाई अत्यन्त महत्वकांक्षी सिर्जनाको रुपमा लिएका छन । यसैले पनि यो गितको अडियोदेखी भिडियोसम्म कुनै पनि कुरामा गायक दुर्गा विरही सकेसम्म सम्झौता गरेका छैनन ।  दुर्गा बिरही र जुना श्रीसको स्वरमा  आउनु सानु घुम्नलाई गाँउ मेरो  बोलको यो गितमा लय शब्द समेत स्वयम गायक विरहीकै रहेको छ । भिडियोलाई नयाँपन दिन र नयाँ दृश्य समेट्ने उदेश्यले यस्को सुटिङ्ग पनि काठमाडौदेखी ३६४ किलोमिटर टाढा अर्थात झण्डै ९ घण्टा समय लाग्ने बाग्लुङ्गमा पुगेर गरिएको हो । त्यतिमात्र नभै बाग्लुङ को गाजालेख कलिला भगवती मन्दिर माल्धुङ्गा कालीको पुल पन्चकोट एकदम सुन्दर रमणीय ठाँउहरु संगै  पोखराको सेती फेवाताल सराङ्ग्कोट डाडामा समेत यस्को सुटिङ्ग गरिएको छ । यसअघि भत्किएको घर,सेक्सी देखिन्छौ,तिमी बस्ने मुटु,मायाको अमृत पिउन देउ,पर्देशीको पिडा,चेलिको बिचल्ली,मिलन हुदा,यति धेरै सानूको माया,काठमाडौं झरियो,भन्छौ सानू के छ् खबर जस्ता गित बजारमा ल्याईसकेका गायक तथा सर्जक दुर्गा विरहीले यो गितलाई भने तिजको छेकोमा ल्याएका हुन । नाच्न मिल्ने भाकामा तयार गितको भिडियोमा अहिलेका चर्चित मोडल प्रकाश सपूत, रीना थापा मगर ,नुना आर्यन,नवीन पुन र हास्यकलाकार सन्तोष मगरातीले अभिनय गरेका छन् ।बासु बरालको छायांकन,राजेशकुमारको सम्पादन रहेको भिडियोलाई चल्तिका युवानिर्देशक मौषम हिमालीले निर्देशन गरेका हुन । अडियो तथा भिडियो  आत्म विश्वास फिल्मस् प्रालीले निर्माण गरेको हो । यो गितलाई यहाँसम्म ल्याउन देश तथा विदेश बाट आर्थिक भौतिक नैतिक हिसाबले साथ सहयोग माया गर्ने सबै सबै गायक तथा सर्जक दुर्गा विरही विशेष हार्दिक आभार व्यक्त गरेका छन । हेर्नुस यो भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१