डाक्टर केसी प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता दोस्रो दिन पनि बिना निष्कर्ष टुंगियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७५, बुधबार ०५:५५

काठमाडौं। डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता दोस्रो दिन पनि बिना निष्कर्ष टुंगिएको छ। केसीलाई काठमाडौं ल्याउनुपर्ने तर चिकित्सा शिक्षा विधेयक पनि फिर्ता नहुने आफ्नो अडान सरकारपक्षले दोहोर्‍याएपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत व्यवस्था हटाएर सरकारले विधेयक अघि बढाएको हो।
चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधानहरू हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएको विरोधमा डाक्टर केसी जुम्लामा १८ दिनदेखि अनसनमा रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१