फ्रान्सले सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गर्यो, उपविजेता क्रोएसिया सहित अन्य ३० टिमले कति पाए ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०७५, सोमबार ०५:५६

विश्वकप २०१८ को उपाधी फ्रान्सले जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचालेको हो। फ्रान्सले क्रोएसियालई फाइनलमा ४(२ गोल अन्तरले पराजित गरेको थियो।

फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले ३९औँ मिनेटमा गोल गरेका थिए। एक गोल फ्रान्सले क्रोएसियाका मारियो मान्डुकिचको आत्मघातीबाट पाएको थियो। मारियोले १८औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए।

क्रोएसियाका लागि भने इभान पेरिसिकले २८औँ र मारियो मान्डुकिचले ६९ औँ मिनेटमा गोल गरेका थिए। खेलको अधिकांश समय क्रोएसियाको दबदबा रहेपनि गोल गर्नमा भने क्रोएसिया चुक्यो र उपविजेतामा सीमित भयो।

उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ। दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ।

ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो।

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६।६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो। इतिहास हेर्ने हो भने विश्वकपको पुरस्कार राशी प्रत्येकपटक बढ्दै गएको देखिन्छ।

कसले कति पाए

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६(१६ मिलियन डलरका दरले पुरस्कार पाउएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्।

यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम ९पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया० ले १२(१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८(८ मिलियन डलर पाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१