भक्तपुरमा बाढीपहिरो र डुबानबाट ११ करोड ९३ लाख क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०७५, सोमबार ०५:४५

भक्तपुर। भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए।

डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु(याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ।

उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव रु तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव रु चार करोड ४६ लाख १३ हजार, अस्पतालमा रु तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा रु तीन लाख, चौपाया र पशुपक्षीमा करीव रु १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिए।

प्रहरी परिचालन गरी संकलित क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाबाट थप क्षति विवरण माग गरिएको र आउन बाँकी रहेको बताए। तथ्यांकानुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करीव रु तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करीव रु छ करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा रु दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा रु २३ लाख ९८ हजार बराबरको क्षति भएको छ। चाँगुनारायणको सुडालमा दुई पक्की र १३ कच्ची घर गरी करीव रु ५० लाख बराबरको क्षति भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१