आज विश्वकपको फाइनल खेल हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार १३:५०

काठमाडौं। रुसमा जारी विश्वकपको आज बेलुका अन्तिम अर्थात फाइनल खेल हुँदैछ । ३२ राष्ट्र बीच भएको २०१८ को विश्वकपमा ३० राष्ट्र घर फर्किसकेको अवस्थामा अब फ्रान्स र क्रोएसियाको फाइनल खेल हेर्न बाँकी छ ।

विश्वकपमा दाबेदार मानिएका अधिकांश ठूला राष्ट्र बाहिरिएर नसोचेका राष्ट्रहरुले यस पटकको विश्वकपमा इतिहाँस बनाउन सफल भएका छन् । त्यसैले पनि आजको खेल निकै महत्वपूर्ण रहनेछ । आजको खेल रुसको मस्कोस्थित लुजनिकी रंगशालामा हुँदैछ । क्रोएसिया आजको खेलबाट विश्वकप बिजेता २०१८ को इतिहाँस बनाउने दाउमा छ भने फ्रान्स दोश्रो पटक विश्व बिजेता बन्ने दाऊमा छ ।

तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ ।

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो ।

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०