दक्षिण कोरीयामा कामदारको तलब बृद्धि , ४० हजार नेपाली कामदार लाभान्वित हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार १३:२६

काठमाडौं । दक्षिण कोरीयामा कामदारहरुको तलब बृद्धि भएको छ । रोजगारदाता तथा मजदुर संगठनका प्रतिनिधिबीच लामो छलफलपछि शनिबार विद्यमान तलबमा १० दशमलव ९ प्रतिशत तलब बृद्धिको सहमति भएको हो ।

हाल कोरीयामा ४० हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन् । उनीहरु तलब बृद्धिबाट लावान्भित भएका छन् । यो बृद्धि भएको तलब सन् २०१९ मा ईपीएस मार्फत रोजगारीमा जाने नेपाली कामदारहरु पनि पाउने छन् । कोरीयामा तलबबृद्धि पछि कामदारहरुले प्रतिघण्टा ८ हजार ३ सय ५३ वन पाउनेछन् ।

यसअघि मासिक तलब ७ हजार ५ सय ३० वन थियो । बृद्धिपछि मासिक तलब १ लाख ६८ हजार रुपैयाँ भन्दा बढी पाउने छन् । यो तलब बृद्धि विगत एक दशक यताकै धेरै उच्च हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१