चक्रपथ सरसफाई महा-अभियान काठमाडौं र बुटवलमा एकसाथ,अभीयन्ताको भब्य उपस्थित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार ०६:०९

काठमाडौं। चक्रपथ सरसफाई महा-अभियानको ६६  औं हप्ता पुरा भएको छ। शनिबार बनस्थली चोक देखि ढुंगेधारा   सम्म सरसफाई गर्दै ६०० अभीयन्ताले त्यस क्षेत्रको ११  टन फोहर ब्यबस्थापन गरेका छन्। सरसफाई अभियानमा ग्रिनसिटि अस्पताल ,  पत्रकार ,कलाकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय क्लब, एती हेल्थ साईन्स कलेज,हिमालयन बाताबरण,क्लिन काष्ठमण्डप ,नेप्से म्याक ,नगरपालिका प्रहरी  लगाएत स्वत स्फुर्त सहयोगी हातहरुको सहभागिता रहेको थियो।

चक्रपथ सरसफाई महा-अभियानको ६६  औं हप्तामा सडक दायाबायामा भएका अब्यबस्थित टहराहरु हटाइएको छ।

चक्रपथ सफाई महाअभियानद्वारा संयोजन गरी बुटवल उप महानगरपालिका र वडा नं ९ मा पनि चौथो  हप्ता पुगिसकेको छ ।  १५ टन फोहर संकलन भएको छ भने सहभागि अभियन्ता  ५०० जनाको उपस्थिति रहेको थियो ।

ग्रीनसिटी अस्पताल संयोजक रही बुटवल तीनउ सरसफाई अभियान शुरु गरिएको हो । स्थानिय, उद्योग  बन तथा बाताबरण मन्त्री लीला गिरी, सभासद निर्मला क्षत्री ,प्रमूख जिल्ला अधिकारी,उपनगर पालिका मेहर ,ब्यबसायि,यातायात ब्यबसायी,मजदूर, बिभिन्न समूह,ब्याड्मिन्टन युबा क्लब,प्रहरीको सहभागितामा रही ग्रीनसिटी अस्पताल र बुटवल उपमहानगर पालिकाको अगुवाईमा बसपार्क्,वडा ११ का बिभिन्न टोल सफाई गरी चेतना मूलक कामको शुरुवात भए संगै सबै उत्साहित भएको देखिएको छ  ।

अभियन्ता एवं संयोजक लोक बहादुर टण्डनले चक्रपथलाई सफा हराभरा पारि नमूना बनाउन फोहरफाल्ने प्रवृतिलाई मुहानबाटै रोक्नुपर्छ अनिमात्र सडक,बस्ति, शहर लाइ फोहर मुक्त बनाउन सकिन्छ भन्दै देशभरिनै अभियान शुरु गरेको बताउनुभयो।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१