तस्बिरमा हेर्नुहोस अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको सुटुक्क गरेको इन्गेजमेन्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार ०५:३०

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन । यी दुई मिडियामा खुलेर आफ्नो प्रेमबारे बताउछन् । झण्डै डेढ बर्ष प्रेममा रहेका यी दुईले इन्गेजमेन्ट गरेका छन् । शनिबार यी दुईको टिकाटालो भएको हो ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् । त्यस्तै प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मान फोटो सेयर गर्दै बधाई दिएकी छिन् ।

मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।

प्रियंका र आयुष्मानको प्रेम मात्र हो, बिहे गर्दैनन् भन्नेहरुका लागि इन्गेजमेन्टले मुख थुनिदिने पक्का छ । रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् । उनीहरुले बिहे कहिले गर्छन्, पक्का भएको छैन । यो बिषयमा नायिका कार्कीसँग वुझ्न खोज्दा उनको फोन उठेन ।

    

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१