काठमाडौँमा रोकिएन टिपर आतंक, सोल्टीमोडमा ठक्कर दिँदा ज्यान गयो अनुजाको

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार ०५:२१

काठमाडौँ। मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा आज बा ७ ख ९४७५ नं को टिपरले ठक्कर दिँदा बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो । मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे भने घाइते भएका छन् । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१