सीटीईभीटीले करिब १५०० लाई बाँड्दैछ ५० करोडको छात्रवृत्ति, कसले कहिलेसम्म पाउँछन् फाराम भर्न ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार ०५:१६

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सीटीईभीटी०ले शैक्षिक वर्ष २०७५–२०७८ का लागि प्रमाणपत्र तहमा झन्डै ५० करोडको छात्रवृत्ति प्रदान गर्ने भएको छ।

सीटीईभीटी ले शैक्षिक बर्ष २०७५(७६ मा भर्ना हुने बिद्यार्थीलाई ३ बर्षका लागि करिब ५० करोड भन्दा बढीको छात्रवृत्ति प्रदान गर्न लागेको हो। सीटीईभीटी ले नर्सिङ, एचए, फार्मेसी, ल्याब असिस्टेन्ट, रेडियोग्राफी, कृषि, इन्जिनियरिङ, फरेस्ट्री आदि विषयमा छात्रवृत्ति दिन लागेको सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए।

वाग्लेका अनुसार करिब १ हजार ४ सय ५५ जना विद्यार्थीलाई छात्रवृत्ति पाउने छन। यस वर्षदेखि सीटीईभीटीले प्रदेशअनुसार नै कोटा छुट्याएर छात्रवृत्तिका लागि फारम वितरण गरिरहेको छ। जसमा सबै भन्दा बढी प्रदेश ३ मा ५ सय ८३, सबै भन्दा कम प्रदेश नम्बर ६ मा २८ जनाले डिप्लोमा तहमा पढ्न छात्रवृत्ति पाउनेछन।

कसरी वितरण गरिन्छ छात्रवृत्ति रु सीटीईभीटीले प्रदान गर्ने यस छात्रवृत्ति कार्यक्रममा सहभागी हुनका लागि सामुदायिक बिद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ। सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका विभिन्न वर्ग र समुदायका विद्यार्थीहरूले यो छात्रवृत्तिका लागि फारम भरी प्रवेश परीक्षा दिन पाउनेछन् ।

कहाँ पाइन्छ फारम रु सीटीईभीटीले प्रदान गर्ने वर्गीकृत ९साधारण र लक्षित वर्ग० छात्रवृत्ति प्राप्त गर्न पहिले फारम भरी प्रवेश परीक्षा दिनुपर्छ । त्यसपछि मेरिट लिस्ट ९जसको धेरै प्राप्ताङ्क आउँछ त्यही व्यक्ति० का आधारमा विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्। फारम सीटीईभीटीको आधिकारिक वेभसाइट तथा प्रदेश कार्यालयहरू, आङ्गिक तथा निजी शिक्षालयहरूबाट यो फारम वितरण गरिरहेको छ । आफूलाई पायक पर्ने स्थानमा वा पढ्न चाहेको शिक्षालयबाट फारम लिन सकिने छ।

जुनसुकै प्रदेशका विद्यार्थीले जुनसुकै प्रदेशमा गएर पनि फारम भर्न सक्नेछन् । जस्तो कि प्रदेश नम्बर ७ का विद्यार्थीले प्रदेश नम्बर ५ वा प्रदेश नम्बर १ मा आएर पनि फारम भर्न पाउनेछन् । तर एउटा प्रदेशमा फारम भरेको व्यक्तिले अर्को प्रदेशमा छात्रवृत्ति भने पाउने छैन ।

कति लाग्छ रु फारमका लागि १ हजार रुपियाँ शुल्क लाग्छ। कहिलेसम्म भर्न पाइन्छ फारम रु छात्रवृत्तिमा अध्ययन गर्नका लागि फारम बुझाउने अन्तिम मिति २०७५ साल साउनको २ गतेसम्म मात्रै रहेको छ। यो मितिभित्र फारम बुझाउने विद्यार्थीहरूले मात्रै छात्रवृत्तिको प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।

प्रवेश परिक्षा कहिले रु छात्रवृत्तिका लागि प्रवेश परीक्षा साउन १२ गते बिहान ७ बजे हुनेछ। कसकसले पाउँछन् छात्रवृत्ति रु यस छात्रवृत्तिलाई साधारण र लक्षित गरी दुई भागमा विभाजन गरिएको छ। कुल कोटालाई ५० प्रतिशत साधारण र ५० प्रतिशत लक्षित वर्ग गरी छुट्याइएको छ। साधारणतर्फ नेपालका जुनसुकै सामुदायिक विद्यालयबाट एसइई वा टिएसएलसी पास गरेका विद्यार्थीले फारम भर्न पाउनेछन।

लक्षिततर्फ कोटाका आधारमा मात्रै छात्रवृत्ति पाइने छ। लक्षिततर्फ महिला, आदिबासी, जनजाति, आर्थिक वा सामाजिक रूपमा विपन्न, दलित, पिछडिएको क्षेत्र, पूर्व कमैया÷हलिया र अपाङ्गले छात्रवृत्तिका लागि कोटामा लड्न पाउनेछन्।

कुन कुन बिषयमा पाइन्छ छात्रवृत्ति रु नर्सिङ स् सबैभन्दा बढी प्रमाणपत्र तह नर्सिङ विषयमा छात्रवृत्ति प्रदान गरिदैछ। नर्सिङतर्फ यस वर्षको छात्रवृत्तिको सङ्ख्या २ सय ८२ जना रहेका छन् । नर्सिङतर्फ प्रदेश नम्बर १ मा २६ जना, प्रदेश नम्बर २ मा ४१ जना, प्रदेश नम्बर ३ मा १ सय २५ जना, प्रदेश नम्बर ४ मा १८ जना, प्रदेश नम्बर ५ मा ५६ जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा १३ जना रहेका छन् । प्रदेश नम्बर ३ मा नर्सिङ पढाउने कलेजको सङ्ख्या धेरै भएकाले धेरै र प्रदेश नम्बर ६ मा नर्सिङ पढाउने कलेजको सङ्ख्या एउटामात्रै भएकाले ३ जनाले मात्रै छात्रवृत्ति पाउने भएका हुन।

सामान्य चिकित्सा ९एचए० हेल्थपोस्ट इन्चार्जसमेत भनिने एचए पढ्नका लागि सीटीईभीटीले यस वर्ष १ सय ९२ जनालाई छात्रवृत्ति दिँदैछ। सीटीईभीटीले प्रदेश नम्बर १ मा ३० जना, प्रदेश नम्बर २ मा ३९ जना, प्रदेश नम्बर ३ मा ७२ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा ३० जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा १२ जनालाई छात्रवृत्ति दिन लागेको हो ।

मेडिकल ल्याब टेक्नोलोजी स् मेडिकल ल्याब टेक्नोलोजी पढ्न चाहने १ सय १८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै छ । परिषद्ले प्रदेश नम्बर १ मा १० जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा ५६ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा २४ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिन लागेको हो । मेडिकल ल्याब टेक्नोलोजी पढाउने कलेज ६ नम्बर प्रदेशमा नभएकाले त्यहाँ छात्रवृत्तिको व्यवस्था गरिएको छैन ।

फार्मेसी स् डिप्लोमा इन फार्मेसी तहमा १ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरिदै छ। विभिन्न ७ प्रदेशमा दिइने यो छात्रवृत्तिमध्ये प्रदेश नम्बर १ मा १५ जना, प्रदेश नम्बर २ मा ९ जना, प्रदेश नम्बर ३ मा ६६ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर १५ मा २४ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिन लागेको हो । प्रदेश नम्बर ६ मा फार्मेसी पढाउने कलेज नभएकाले त्यहाँ भने छात्रवृत्तिको व्यवस्था गरिएको छैन ।

हेल्थ साइन्सको अन्य विषयहरूमा पनि सीटीईभीटीले छात्रवृत्ति प्रदान गर्नेछ । अन्य विषयहरूमध्ये डेन्टल साइन्समा ३० जना, डायग्नोस्टिक रेडियोग्राफीमा ४८ जना, आयुर्वेदिक चिकित्सामा ६ जना, अप्थाल्मिक साइन्समा २१ जना, अकुपञ्चरमा ३ जना र फिजियोथेरापीमा २ जनालाई छात्रवृत्ति प्रदान गरिदैछ।

इन्जिनियरिङतर्फ स् इन्जिनियरिङतर्फ यस वर्ष ४ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदैछ। विभिन्न प्रदेशहरूमा गरी सीटीईभीटीले वर्गीकृत छात्रवृत्ति अन्तर्गत सित्तैमा ४ सय ३० विद्यार्थीलाई सित्तैँमा पढाउन लागेको हो ।

सिभिल इन्जिनियरिङ स् इन्जिनियरिङतर्फ सबैभन्दा बढी सिभिल इन्जिनियरिङमा छात्रवृत्ति प्रदान गर्न लागिको छ। जुनियर इन्जिनियरसमेत भनेर यो अध्ययनमा सीटीईभीटीले यस वर्ष २ सय १६ जनालाई छात्रवृत्ति प्रदान गर्दैछ । सिभिल इन्जिनियरिङतर्फ प्रदेश नम्बर १ मा ३२ जना, प्रदेश नम्बर २ मा २४ जना, प्रदेश नम्बर ३ मा ७२ जना, प्रदेश नम्बर ४ मा १२ जना, प्रदेश नम्बर ५ मा ५६ जना, प्रदेश नम्बर ६ मा ४ जना र प्रदेश नम्बर ७ मा १६ जनालाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ ।

कम्प्युटर इन्जिनियरिङ स् इन्जिनियरिङतर्फ धेरै छात्रवृत्ति भएको अर्को विषय डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ हो। कम्प्युटर इन्जिनियरिङतर्फ सीटीईभीटीले यस वर्ष विभिन्न प्रदेशमा गरी ९९ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । यस विषयमा अध्यनका लागि सीटीईभीटीले यस वर्ष प्रदेश नम्बर १ मा २० जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा २४ जना, प्रदेश नम्बर ४ मा ११ जना, प्रदेश नम्बर ५ मा २४ जना र प्रदेश नम्बर ७ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान हुनेछ । कम्प्युटर इन्जिनियरिङतर्फको अध्यापन प्रदेश नम्बर ६ मा नभएकाले यो प्रदेशमा छात्रवृत्ति हुने छैन ।

इलेक्ट्रिकल इन्जिनियरिङ स् इलेक्ट्रिकल इन्जिनियरिङतर्फ पनि सीटीईभीटीले ६० जनालाई छात्रवृत्तिमा पढाउँदैछ । सीटीईभीटीले इलेक्ट्रिकल इन्जिनियरिङका लागि प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा २४ जना, प्रदेश नम्बर ४ मा ४ जना, प्रदेश नम्बर ५ मा ८ जना र प्रदेश नम्बर ७ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान गर्दैछ । प्रदेश नम्बर ६ मा इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्यापन गराउने कलेज नभएकाले त्यहाँ यो विषयमा छात्रवृत्ति पाइने छैन ।

मेकानिकल इन्जिनियरिङ स् मेकानिकल इन्जिनियरिङतर्फ सीटीईभीटीले विभिन्न प्रदेशमा गरी १६ जनालाई छात्रवृत्ति प्रदान गर्दै छ । यस विषय अध्ययनका लागि सीटीईभीटीले प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ४ जना, प्रदेश नम्बर ३ मा ४ जना र प्रदेश नम्बर ५ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान गर्नेछ । प्रदेश नम्बर ४, ६ र ७ मा यस विषय अध्यापन गराउने कलेज नभएकाले त्यहाँ छात्रवृत्ति पाउन सकिने छैन ।

इन्जिनियरिङतर्फ अन्य विषयहरू इलेक्ट्रोनिक्स इन्जिनियरिङमा १६ जना, आर्किटेक्चर इन्जिनियरिङमा ८ जना, जिओमेटिक्स इन्जिनियरिङमा ७ जना, अटोमोबाइल इन्जिनियरिङमा ४ जना, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४ जना र रेफ एन्ड एअर कन्डिसनिङ इन्जिनियरिङमा ४ जनाले छात्रवृत्ति पाउने छन् ।

कृषि तथा बाली विज्ञानतर्फ स् विद्यार्थीहरूको धेरै रुचि भएको कृषि तथा बाली विज्ञानतर्फ पनि सीटीईभीटीले १ सय ७७ जनालाई छात्रवृत्ति प्रदान गर्दैछ । सीटीईभीटीले ७ वटै प्रदेशमा वर्गीकृत छात्रवृत्तिका रूपमा १ सय ७७ जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

बाली विज्ञान स् डिप्लोमा इन एग्रिकल्चरअन्तर्गत बाली विज्ञान अध्ययनका लागि सीटीईभीटीले यस वर्ष १ सय २९ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । सीटीईभीटीले प्रदेश नम्बर १ मा १८ जना, प्रदेश नम्बर २ मा १२ जना, प्रदेश नम्बर ३ मा २१ जना, प्रदेश नम्बर ४ मा १२ जना, प्रदेश नम्बर ५ मा २१ जना, प्रदेश नम्बर ६ मा १५ जना र प्रदेश नम्बर ७ मा ३० जनालाई बाली विज्ञान विषय अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो ।

पशु विज्ञान स् डिप्लोमा इन एग्रिकल्चर अन्तर्गतकै अर्को विषय पशु विज्ञान अध्ययनका लागि पनि सीटीईभीटीले यस वर्ष ४८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछ । यसका लागि सीटीईभीटीले प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर २ मा ३ जना, प्रदेश नम्बर ३ मा १५ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा ९ जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

त्यसैगरी सीटीईभीटीले अध्यापन गराइरहेका अन्य विषयहरू फुड एन्ड डेरी टेक्नोलोजीमा ७ जना, फरेस्ट्रीमा ९ जना, होटल म्यानेज्मेन्टमा ३ जना, सोसियल वर्कमा ३ जना र इन्टरप्रिनरसिप डेभलपमेन्टमा ३ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको बताइएको छ।

कुन बिषय पढ्दा वास्तबमा कति लाग्छ शुल्क रु नर्सिङदेखि इन्टरप्रिनरसिप डेभलेपमेन्टसम्मका यी विषय अध्ययनका लागि फरकफरक शुल्क लाग्छ। नर्सिङका लागि सीटीईभीटीले ४ लाख ७५ हजार तथा एचएका लागि ४ लाख ४ हजार लिने गरेको छ।

त्यस्तै फार्मेसीका लागि सीटीईभीटीले ३ लाख ३७ हजार ५ सय रुपियाँ शुल्क कायम गरेको छ । यो शुल्क ३ वर्षका लागि हो । सबै विषयको शुल्कमा औसतमा निकाल्ने हो भने प्रतिविषय ३ वर्षको करिब ३ लाख ३० हजार रहेको सीटीईभीटीले बताएको छ । यसरी औसत विषयको ३ लाख ३० हजार हुने र नर्सिङ तथा एच र फार्मेसीका विद्यार्थीले धेरै कोटा भएकाले १ हजार ४ सय ४४ विद्यार्थीले औसतमा ३ लाख ५० हजारको छात्रवृत्ति पाउनेछन् । यसको कुल छात्रवृत्ति हेर्दा ५० करोडभन्दा बढी शुल्कको हुन आउने सीटीईभीटीको भनाइ छ। सीटीईभीटी प्राविधिक शिक्षाको माध्यमबाट देशलाई आवश्यक मध्यम स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको संस्था हो।

साभार बिजपाटि डटकम बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०