सुखी नेपालीको ध्येय पूरा गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ ।

“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भन्नुभयो, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई  अर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भन्नुभयो ।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उहाँले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भन्नुभयो । “जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ? ” उहाँले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताउनुभयो ।

युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उहाँले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना हुन् भन्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको छ भन्नुभयो ।

विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण

सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गर्नुभयो । कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य काठमाडौँ, संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल काठमाडौँ, ललितकला विधामा ठाकुरप्रसाद मैनाली काठमाडौँ  र भाषा तथा साहित्य विधामा प्रा. डा केशवप्रसाद उपाध्याय हुनुहुन्छ ।

सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी-काठमाडौँ, निबन्ध विधामा तेजराज खतिवडा-झापा०, बाल साहित्य विनय कसजु ९पाल्पा०, भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी ९तेह्रथुम० हुनुहुन्छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य ९सुनसरी० र प्रा डा मोहनहिमांशु थापा ९काठमाडौँ०लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा ९इलाम०, समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा९काठमाडौँ० र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन९काठमाडौँ० लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ ।

यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की ९भोजपुर०, प्रदेश नं २ बाट डा पशुपतिनाथ झा ९महोत्तरी०, प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई ९काभ्रेपलाञ्चोक०, प्रदेश ४ बाट डा दीनबहादुर थापा ९बाग्लुङ०, प्रदेश ५ बाट प्रतिभा पुन ९ रुपन्देही०, प्रदेश ६ बाट रमानन्द आचार्य ९जुम्ला० र प्रदेश ७ बाट मणिराज जोशी ९कैलाली० हुनुहुन्छ ।

यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली ९झापा०, प्रदेश २ बाट प्रियका झा ९धनुषा०, प्रदेश ३ बाट सुनिता दुलाल ९भक्तपुर०, प्रदेश ४ बाट इतु जोजिजु ९कास्की०, प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड हुुनुहुन्छ ।

त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी ९मोरङ०, प्रदेश २ बाट सीतादेवी कर्ण ९धनुषा०, प्रदेश ३ बाट सौरगंगादर्शनधारी ९काठमाडौँ०, प्रदेश ४ बाट सुनील सिग्देल ९कास्की०, प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी ९गुल्मी० प्रदेश ६ बाट झिग्मे तामाङ ९मुगु० र प्रदेश ७ बाट दीपक आउजी ९कैलाली० हुनुहुन्छ ।

यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल ९सुनसरी०, प्रदेश २ बाट विनिता ठाकुर ९धनुषा०, प्रदेश ३ बाट नरेन्द्रराज पौडेल ९सिन्धुपाल्चोक०, प्रदेश ४ बाट महेश्वर शर्मा ९स्याङ्जा०, प्रदेश ५ डा दुवीन्द ढकाल ९गुल्मी०, प्रदेश ६ बाट बलभद्र भारती ९सुर्खेत० र प्रदेश ७ बाट चन्द्रदेव जोशी ९दार्चुला० हुुनुहुन्छ । उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री