सामजिक बिकृति रोक्न युबाहरुको नैतिक शक्ति बलियो बनाउनु पर्छ : पूर्व मन्त्रि ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७५, बिहीबार ०५:०६

क्याम्बोडिया । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले क्याम्बोडियाको बेल्टी इन्टरनेसनल विश्वबिद्धालयमा आयोजित युवा सम्मेलनमा सम्बोधन गर्नु भयको छ । सामजिक समस्याहरुको समाधानमा युवा बर्गको भूमिका बिषयक कार्यक्रममा बोल्दै पूर्व मन्त्रि ढकालले बढ्दो व्यक्तिवाद,अनैतिकता, नैराश्यता, नकारात्मक चिन्तन, अज्ञानता तथा अतिवादको कारण विश्व भरिका युबाहरु आक्रान्त पारेको बताउदै समाधानको लागि युबहरुनै अघि बढ्नु पर्ने बताउनु भयो । नेता ढकालले समाजका बिकृति र बिशंगतिको बिरुद्धमा लड्न युबाहरुको नैतिक शक्ति बलियो बनाउनु पर्नेमा जोड दिनु भयो ।ढकालले युबाहरुलाई सार्बजनिक सोंचको विकास गर्न, स्वयमसेवाको संस्कार विकास गर्न तथा आफ्नो नमुना मार्फत अरुलाई प्रभावित बनाउन प्रोत्साहित गर्नु भयो । बेल्टी इन्टरनेसनल विश्वबिद्धालयका अध्यक्ष तथा सांसद डा. लि चेङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममामा क्याम्बोडिया, थाईल्याण्ड, फिलिपिन्स, नेपाल, भारत, मलेसिया, चीन, सिंगापुर, कोरिया, जापान लगायत देशका विश्व बिद्धलायाका ५०० बिद्धार्थी हरुको सहभागिता रहेको थियो । पूर्व मन्त्रि ढकालले विश्वबिद्धालयका बिद्धार्थीहरुसंग अन्तरक्रिया पनि गर्नु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१