बेल्जियमलाई स्तब्ध बनाउदै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, बेल्जियम बाहिरियो ।

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७५, बुधबार ०५:४५

काठमाडौं । वेल्जियमलाई १-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।

खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो ।

बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१