काँक्रो खानुको कती फाइदा ,यस्तो छ हेर्नुहोस !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७५, बुधबार ०५:४०

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो।

यो कुकुरविटासि परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ।

काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ। यो धेरै जातका हुन्छन्। तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०(६५ दिन भित्र फल्दछ। काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ।

काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन्। पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन्। यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन्। यसलाइ राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ। साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ।

दक्षिण भारतमा पाईने दोसाकाईलाईगोल काँक्रो भनिन्छ ्र यो स्वाद र रूपमा काक्रो जस्तो हुन्छ तर आकारमा गोलाकार हुन्छ ्र यसको प्रयोग फलफुलको रूपमा भन्दा त‍रकारीमा बढि हुन्छ्र

काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ।

सय ग्राम काँक्रोमा पाइने पौष्टिक तत्त्व स्

पानी(९६, क्यालोरी(१३,
कार्बोहाइडे्रट(२।७६ मिग्रा,
क्याल्सियम(१४ मिग्रा,
फोस्फोरस(२० मिग्रा,
फलाम(०।६० मिग्रा,
भिटामिन सी(१४ मिग्रा,
पोटासियम(१४४ मिग्रा,
म्याग्नेसियम(११ मिग्रा,
सोडियम( २ मिग्रा

काँक्रा एक फाइदा अनेक स्

गर्मीले मुख सुकेको बेला काँक्रा खान पाउँदा कसलाई पनि आनन्द आउँदैन र रु खाना खाँदा सलादको रुपमा काँक्रा चपाउन पाउँदा अझै आनन्द आउँछ । काँक्रा खानमा जति स्वादिलो हुन्छ यो उतिधेरै लाभकारी पनि हुन्छ । काँक्राको नियमित भोजन स्वास्थ्यका लागि निकै लाभदायी रहेको विज्ञहरु बताउँछन् ।
काँक्रामा पर्याप्त मात्रामा पानी पाइन्छ । काँक्रामा ९६ प्रतिशत पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रामा भिटामिन बी, भिटामिन सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ ।

काँक्राको नियमित सेवनले कतिपय रोगबाट पनि जोगाउँछ । काँक्राको नियमित भोजनले कब्जियत, पेटमा ग्यास भरिने, अम्लपना जस्ता समस्या कम गर्न सहयोग पूराउनुका साथै मोटोपनाबाट पीडितहरुका लागि समेत लाभप्रद हुन्छ । काँक्रा काटेर त्यसमा नुन तथा कागतीको रस मिलाएर खाँदा त्यसले खाना पचाउन मद्दत गर्छ ।

· काँक्रालाई काटेर पातलो पत्र (स्लाइस० बनाएर अनुहारमा लगाउँदा छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसले अनुहारको छालालाई चमकदार बनाउँछ ।

· पोलेको ठाउँमा काँक्राको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउँछ ।

· आँखा सुन्निएको छ भने काँक्राको गोलाकार टुक्रा आँखामाथि केहीबेर राख्नुहोस्, नियमित यसो गर्दा सुन्निएको आँखा ठीक हुन्छ ।

· महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्राको सेवन लाभदायी हुन्छ । काँक्रालाई टुक्रा बनाएर त्यसमा दही मिसाउनुहोस् अनि त्यसमा पदिना, बिरे नुन, मरिच , जिरा तथा हिंग मिलाएर खानुहोस् त्यसले महिनावारीलाई नियमित बनाउनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्छ ।

· काँक्राको रसमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार चमकदार हुन्छ ।

· काँक्रामा फाइबर पनि पर्याप्त हुने हुनाले यसले कब्जियतको समस्या दूर गरिदिन्छ ।

· काँक्राको रसमा गाजरको रस मिलाएर पिउनाले कपाल सुन्दर हुनुका साथै कपाल चम्किलो र लामो हुने विज्ञहरु बताउँछन् ।

· काँक्राको नियमित सेवनले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्ने हुनाले यो मधुमेहका रोगीहरुका लागि उत्तम हुन्छ ।

· काँक्राले सरीरमा कोलेस्टेरोलको मात्रा सन्तुलित गर्न मद्दत गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१