कसैले कुरा नगर्ने गर्भावस्थासँग जोडिएका यी ७ वास्तविकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७५, बुधबार ०५:०६

काठमाडौँ । गर्भधारण कुनै पनि महिलाका लागि उनको जीवनको सबैभन्दा मिठो अनुभव हो ।तर यसको सुन्दरतासँगै गर्भवती महिलाका केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैसँग कुरा गरिँदैन ।

१. सामान्य अवस्थामा अति स्वादिलो र बास्नादार लाग्ने खाना पनि यो समयमा हेर्दै अमन र गनाएको जस्तो लाग्छ

२. शौचालयको प्रतिक्षा कसले गर्न सक्छ ?

गर्भावस्थाबाट गुज्रिरहेका कुनै पनि महिला जो सुकैसँग सोध्नुहोस्, तपाईंलाई थाहा हुन्छ कि गर्भवती महिला शौचालयमा प्रतिक्षा गर्ने स्थितीमा हुँदैनन् ।

३. मानिसहरुले डरलाग्दो कहानीमात्र सुनाउँछन्

महिलाका अनुसार गर्भवती महिलाको बीचमा बस्दा उनीहरुले यस्ता डरलाग्दा कहानी सुन्ने गर्दछन् जसले तपाईंको तनाव बढ्ने गर्दछ ।

धेरैजसोले प्रसव पीडाको क्रममा हुने दुखाईबारे कुरा गरेर निकै तर्साउने गरेको एक महिलाले बताइन् ।

४. मर्निङ सिकनेस होइन, मात्र सिकनेस 

महिलाका अनुसार मर्निङ सिकनेसको नाम नै गलत हो । यसलाई त सिकनेस (बिरामी) नै भन्नुपर्छ ।

५. स– सानो कुरामा रोनाधोना

गर्भधारणको क्रममा महिलाको हर्मोनमा परिवर्तनका कारण स–सानो कुरामा भावुक हुने गर्दछन् ।

यसमा कुनै मलमा बार्गेनिङको क्रममा भावुक भएर रुनु पनि समावेश छ ।

६.  पेट्रोल पनि पिउन मनलाग्छ

एक महिलाका अनुसार एक पटक उनी पेट्रोल पम्पका उठेर आफ्नो गाडीमा तेल भरिरहेकी थिइन् त्यतिबेला उनलाई पेट्रोलको बास्ना मनपरेर खाने इच्छा जागेको थियो ।

एक अन्य महिलाका अनुसार अचार र मिल्क शेक पिउनुका साथै कहिलेकाँही साबुन चाट्ने इच्छा पनि हुन्छ ।

७. राती निन्द्राः त्यो त लाग्दै लाग्दैन

गर्भवती महिलाले निन्द्रा त बिर्सिएको सपना जस्तो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१