म इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा छैन :संचारमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७५, मंगलवार १४:०२

काठमाडौं। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बासकोटाले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने बताए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय गर्न आफ्नो मन्त्रालय र सचिवलाई सचेत समेत गराएका छन् ।
इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ बताएका छन  । उनले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१