विश्वकपमा रसिया पुगेका काला जातिका पर्यटकसंग रसियाका गोरा युवतीले यौनसम्पर्क गर्न नमानेपछि……!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७५, मंगलवार ०५:३७

विश्वकप फुटबल भइरहेका कतिपय सहरहरूबाट रसियन वेश्याहरू स्थानान्तरण भएका छन् । ठूलो व्यापार हुने यस बेला प्रहरीका चेतावनीका कारण उनीहरूले सहर छाडेका हुन् ।

कतिपय रसियाका महिलाहरूले भने विश्वकपका समयमा आएका काला पर्यटकहरूसँग सेक्स गर्न मानेका छैनन् । मस्कोका एकजना कानुनविदका अनुसार सेक्सपछि हुने सन्तान विविध मिश्रित हुने डरले उनीहरूले काला पर्यटकसँग सेक्स गर्न नमानेका हुन् ।

कतिपय रसियन महिलाहरूले विदेशीसँग गरेका विवाह पनि प्रायः खराब हिसावले टुटेका कारणले पनि उनीहरू पर्यटक सँग सुत्न नमानेको त्यहाँको संसदको परिवार, महिला र बालबालिका समितिकी प्रमुख तमारा प्लेन्टोभाले बताएकी छन् । ‘महिलाहरू आफ्ना बच्चालाई राम्रा देख्न चहान्छन् र आफैंसँग राख्न चहान्छन्’, उनले भनेकी छन् ।

सोभियत संघका बेलादेखि रसियाका महिलासँग विदेशी काला पुरुषको सम्बन्धपछि अश्वेत बालबालिकाको जन्म भएको थियो । तर, उनीहरू जहिले पनि अवहेलनामा परेका कारण रसियाका वेश्याले समेत काला जातीसँग सम्भोग नचाहने बताइएको छ । दक्षिण अमेरिकी, अफ्रिकी र युरोपकै पनि कतिपय काला जातीसँग उनीहरू रात विताउन तयार नहुनुको कारण आफ्ना बालबालिकाले भोग्नुपर्ने अवहेलना नै भएको बताइन्छ ।

कतिपय कानुनकर्मीले विदेशी मानिसले विश्वकपको दौरानमा सम्बन्ध राख्दा विभिन्न प्रकारका रोगका भाइरसहरु समेत संक्रमण हुनसक्ने खतरालाई रसियाका यौनकर्मीले सजगताका साथ लिने गरेका छन् । –एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०