ढुंगाले लागेर दार्चुलामा एक किशोरीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७५, सोमबार १२:३४

दार्चुला। शैल्यशिखर नगरपालिका–२ देथलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा १५ वर्षीया  माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो।

विद्यालय जाने क्रममा सोमबार बिहान ८ बजे वडा नं- २ को धौलेबगरमा माथिबाट खसेको ढुंगा माधवीको टाउकोमा लागेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए। मृतक भट्ट सोही वडामै रहेको श्री सत्य प्रकाश मा.वि. देथलामा कक्षा ९ मा अध्ययनरत थिइन्।

घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१