मस्कोमा पर्यटकको घुँइचो, ६० लाखले भ्रमण गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७५, सोमबार ११:१८

एजेन्सी विश्वकप फुटबलको रौनकले अहिले रसिया पुरै छोपिएको छ। विश्वकप फुटबलमा अप्रत्यासित नतिजा एकातिर रहँदा रसियाले भने विश्वकपमा एक नयाँ कीर्तिमान कायम गरेको छ। त्यो हो सर्वाधिक धेरै पर्यटक रसिया पुगेका छन्। अहिलेसम्म ६० लाख भन्दा बढी पयर्टक भित्रिएको आयोजकले जनाएको छ। जसमा २९ लाख पर्यटक त मस्कोमा नै पुगेका छन्। रसियाले विश्वकपमा सोचे भन्दा बढी पयर्टक भित्रिएको जनाइएको छ। पछिल्ला समय पर्यटकहरु खेलसँगै रसिया भ्रमणमा मस्त छन्। रसियामा अहिले संसारभरको संस्कृत एकीकृत भइरहेको भन्दै रसियाले विश्वकपको यो महामेलामा रसिया पुग्ने सबै पर्यटकलाई बधाइ दिएको छ। साथै उसले पाहुनाहरुको भद्र ब्यबाहारको समेत अपेक्षा गरेको छ। ठुलो मात्रामा रसिया पुगेका विभिन्न देशका समर्थकहरुले स्थानिय सम्पदामा आँच पुर्‍याएको समाचारहरु सार्वजानिक भएसँगै रसियाले सुरक्षामा ब्पापक कडाइ गरेको छ। केहि दिन अघिमात्र रसियामा केहि इंग्लिस समर्थकले एक सालिकमा तोडफोड गरेको घटनापछि रसिया सचेत भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१