जोसेफ स्कुलको एस.इ.ई. उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७५, आईतवार ०६:०५

काठमाडौं ।एस.इ.ई. उत्तिर्ण विद्यार्थीलाई जोसेफ उच्च माध्यमिक विद्यालयले सम्मान तथा विदाई गरेको छ ।  प्रमुख अतिथि न्याय कानुन तथा संसदीय मामिला मन्त्रि शेर बहादुर तामाङ र प्रिन्सिपल सुर्य बहादुर अधिकारीले संयुक्त रुपमा विद्यार्थी र अभिभाबकलाई टीका, माला, खादा तथा प्रमाण पत्र प्रदान गरि सम्मान गरेका थिए ।

एस.इ.ई.मा  उत्तिर्ण सबै विद्यार्थीहरु सहित अभिभावकलाई प्रेरणाको लागि बरिष्ठ चिकित्सक डा. भोला रिजाललाइ यस बर्षको स्वास्थ्य सम्मान बाट सम्मानित गरिएको थियो भने राष्ट्रिय सभा सदस्य एबम समाचारवाचिका कोमल ओलीलाई दोसल्ला योढाई बिशेष सम्मान गरिएको थियो ।

जोसेफ उच्च माध्यमिक विद्यालय कपनको नमुना विद्यालयको रुपमा रहेको प्रसंशा गर्दै आगामी दिनमा पनि झन् शसक्त रुपमा अगाढी बढ्न बक्ताहरुले स्कुललाई शुभकामना समेत ब्यक्त गरेका थिए  ।

साथै प्रदेश सांसद , पत्रकार ,समाजसेबी र कलाकारलाई सम्मानपत्र , प्रमाणपत्र, मायाको चिनो र माला तथा खादाले सम्मान गरिएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न दलका सांसद ,कलाकार,पत्रकार, विद्यार्थी, अभिभावक, एवम् शिक्षक शिक्षिका सहित १००० जनाको सहभागी रहेको थियो  । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१