डिश होमबाट भट्टचन बाहिरीएसंगै नेतृत्वमा व्यापक हेरफेर,अध्यक्षमा ढकाल तथा प्रवन्ध निर्देशकमा आचार्य नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७५, शनिबार १७:२१

काठमाडौं । डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा हेमराज ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेकोछ । आचार्य यसअघि डिसहोमको प्रमुख कार्यकारी अधिकृत  थिए ।  बिहिवार बसेको डिस होम सञ्चालक समितिको बैठकमा देवीप्रकाश भट्टचनले अध्यक्ष पदबाट राजिनामा दिएका थिए।

ढकाल आइएमई समूहका प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन्। जलविद्युत लगायतका व्यापारमा संलग्न आचार्य कामना सेवा विकास बैंकमा अध्यक्ष छन्। अमेरिकाको आरकान्सा विश्वविद्यालयबाट इण्डष्ट्रियल इन्जिनियरिङ अध्ययन पूरा गरेका आचार्यसँग अमेरिकाकै विभिन्न कम्पनीमा काम गरेको अनुभव छ । अमेरिकामा आकर्षक जागिर छाडेर उनी सन् २००८ मा नेपाल फर्केका थिए ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क नेपालको पे टिभि उद्योगमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो।

१८ असार २०७४ बाट डिश होम पब्लिक लिमिडेट कम्पनीको रुपमा रुपान्तरण भएको छ भने कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी समेत गरिरहेको छ।

अध्यक्षबाट राजिनामा दिएका भट्टचनको नेतृत्वमा प्रभु टिभी सञ्चालनमा ल्याइएको छ।भट्टचन प्रभु ग्रुपका अध्यक्ष समेत हुन्  । ओटिटी प्रणालीमा आधारित प्रभु टिभि मार्फत टेलिभिजनमा मात्र नभएर मोबाइल, ट्यावलेट तथा ल्यापटपमा समेत टेलिभिजन च्यानल हेर्न सकिने सुविधा छ।

मुलुकका दुरदराज बस्तीसम्म सेवा प्रदान गर्दै आएको डिसहोमले पछिल्लो समय विभिन्न विषयका छुट्टाछुट्टै टेलिभिजन च्यानलसमेत सञ्चालन गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१