प्रतिनिधिसभाको बैठक सोमबार १ बजेसम्मको लागि स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७५, शुक्रबार १५:५८

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठक सुरु भएको केही क्षण मै स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधपछि शुक्रबारको बैठक आधा घण्टाका लागि स्थगित भएर सुरु भएको बैठकमा पुनः कांग्रेसले विरोध जनाएपछि २५ गते १ बजेसम्मका लागि स्थगित गरिएको हो। शुक्रबारको बैठका जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षले संसदमा विरोध जनाएको हो। डा गोविन्द केसीको जीवनरक्षाको माग र राष्ट्रिय चिकित्सा शिक्षा विधयेक पुरानै पारित हुनपर्ने भन्दै कांग्रेसका दिलेन्द्रप्रसाद बडू, अजरकमल मुसलमान र पार्वता डिसी पौडेलले संसद्‍मा प्रस्ताव पेस गराएका थिए। सो प्रस्तावलाई बैठकको कार्यसूचीमा नराखिएको भन्दै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। सरकारले सार्वजनिक महत्त्वको प्रस्तावमा जवाफ नदिएसम्म कांग्रेसले सदन चल्न नदिने अडान लिएको छ। सभामुखले कांग्रेसका सांसदहरूलाई अवरोध नगर्न आग्रह गरे पनि कांग्रेस सांसदहरू सार्वजनिक महत्त्वको प्रस्ताव आजैको बैठकमा छलफल हुनु पर्ने अडान राखेपछि सभामुख कृष्णबहादुर महराले आजको बैठक स्थगित भएको घोषणा गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१