जारि विश्वकपको क्वाटरफाइनल हेर्न विवाह नै स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७५, शुक्रबार १४:४९

एजेन्सी । इंग्ल्यान्ड १२ वर्षपछि जारि विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेपछि  इंग्ल्यान्ड समर्थकहरूले क्वार्टरफाइनलका खेल हेर्नका लागि उक्त दिनका धेरै कार्यक्रमहरू स्थगित गरेका छन् । कतिपयले विवाहसमेत रोकेका छन्। इंग्लिस समयअनुसार शनिबार दिउँसो ३ बजे खेल हुनेछ। जतिबेला त्यहाँको तापक्रम २९ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। इंग्ल्यान्डको खेल हेर्नका लागि सहरका विभिन्न ठाउँमा ठूला- ठूला स्क्रिनहरू सेट गरिएको छ। फुटबलका क्रेजी समर्थकहरूले शनिबारका लागि तय भएको विवाहलाई एकदिनपछि आइतबारका लागि सारेका छन्। इंग्ल्यान्डका इप्सबिचका ड्यानी जोर्डनले शनिबारका लागि तय गरिएको विवाहलाई इंग्ल्यान्डको खेल हेर्नकै लागि आइतबार सारेका छन्। सार्वजानिक ठाउँमा फुटबल हेर्नका लागि फुटबल अवधिभर धेरै क्षेत्रमा काम गर्ने इंग्लिस समर्थकलाई पनि छुट्टी गरिएको छ। लाखौँ मानिसहरू सडकमा फुटलबलको मजा लिन आउन सक्ने भएकाले र नतिजा जे पनि हुन सक्ने भएकाले ठूलो मात्रामा प्रहरी परिचालनसमेत गरिएको छ। प्रहरीले नतिजा आफूअनुकूल नआएमा हंगामा हुनसक्ने आशंकामा कडा सुरक्षा अपनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१