हिरा र मोतीबाट बनाइएको केकको मूल्य ७ लाख युरो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७५, बिहीबार ०५:१७

लन्डन (एजेन्सी)  । सोसल मिडियामा अहिले एउटी महिलाको गाउन निकै भाइरल भइरहेको छ । झट्ट हेर्दा उनी सुन्दर दुलही झैं देखिन्छिन् ।
तर, वास्तवमा यो मान्छे नभई केक हो । जसलाई हिरा र मोती जडेर बनाइएको छ । केकलाई मूर्तिको आकारमा बनाइएको छ । ड्रेसअप पनि केकको मेटेरियलबाट बनाइएको हो ।
बेलायतबाट प्रकाशित हुने पत्रिका ‘दि सन’ का अनुसार यसको मूल्य करौडौंको हो । ६ फिट अग्लो यो केकको मूल्य नै ७ लाख युरो बताइएको छ । यसलाई विश्वकै सबैभन्दा महँगो केक मानिएको छ । यो केक दुबईमा हुन लागेको ‘वेडिङ’ सोका लागि निर्माण गरिएको हो । केकलाई ब्रिटिस डिजाइनर डेबी विनगमले तयार पारेका हुन् ।

यसरी बनाइयो केक
– हजार अण्डा
– ५ हजार हेन्ड कट फूल
– २० किलो चकलेट
– मोती
– हिरा

केक बनाउन १० दिनको समय लागेको थियो । डेबीलाई केक बनाउन दिनमा १२ घन्टा काम गर्नुपरेको थियो । यो केक हेर्न संसारभरिबाट मान्छे ओइरिने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१