बिहान छिटो उठ्ने ७ तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७५, बिहीबार ०५:०६

बिहान छिटो उठ्नाले हामी दिनभरि नै फ्रेस रहन्छौ । तर ढिला उठ्नाले हामी निकै अल्छी महसुस गर्छौ र काममा पनि ध्यान दिन सक्दैनौ ।

केहि मानिसहरु बिहान छिटो उठ्ने चाहना हुदा हुदै पनि कामको बोझ र थकाईका कारण उठ्न सकेका हुदैनन् । यस्ता मानिसहरुको लागी बिहान छिटो उठ्ने सात उपाय छन् । यी सात उपाए अपनाएपछि जो पनि बिहान छिटो उठ्न सक्छ ।

१ .अर्लामलाई आफूले सुतेरै बन्द गर्न सक्ने ठाउँमा राख्नु हुदैन । यसलाई आफूबाट टाढा राख्नुहोस् । जसलाई बन्द गर्नको लागी ओछ्यानबाट उठ्नु परोस् । ओछ्यानबाट उठीसकेपछि हामीलाई निन्द्राले छाड्छ । जसकारण हामी छिटो उठ्न सक्छौ ।

२. बिहानको तुलनामा बेलुका कम प्रोटीन भएका खानेकुराहरु खाने गर्नुपर्छ । यसले छिटो निन्द्रा लाग्छ । जसले गर्दा हामी बिहान छिटो उठ्न सक्छौ ।

३. राती खाना खाईसकेपछि चिया वा कफी खाने बानी छ भने त्यसलाई आजैदेखि त्याग्नुहोस् । यस्तो गर्दा छिट्टै निन्द्रा लाग्छ र बिहान छिटो उठ्न सकिन्छ ।

४. बिहानको अर्लामलाई प्रत्येक दिन ५ मिनेट कम गर्दै जानुहोस् । यसले छिटो उठ्न मद्दत गर्छ ।

५ .अर्लाम बज्ने बित्तीकै उठ्ने गर्नुहोस् । अर्लामलाई पटक पटक बन्द गर्ने नगर्नुहोस् । यस्तो गर्नाले हामी झनै अल्छी बन्दै जान्छौँ ।

६. बिहान छिटो उठ्नको लागी तपाई सुत्ने बेलामा उत्साहित, खुसी हुनुहोस् । सुत्नुभन्दा पहीले मलाई बिहान छिट्टै उठ्नु छ भन्ने कुरा मनन गर्नुहोस् ।

७. फोन, टेबल या कुनैपनि ईलेक्ट्रोनिक्स सामानहरुलाई साथमा राखेर नसुत्नुहोस् । यस्ता सामानहरु साथमा राख्नाले ढिलो निन्द्रा लाग्छ । जसले गर्दा हामी बिहान छिटो उठ्न सक्दैनौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१