कांग्रेसद्वारा राष्ट्रिसभाको बैठक अवरुद्ध !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार १४:११

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ। गंगामाया अधिकारी र डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले के गरिरहेको छ भन्ने जवाफ नदिएसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको छ। कांग्रेसले सरकार निरंकुश बन्दै गएको पनि बताएको छ। कांग्रेस सचेतक सुरेन्द्र पाण्डेले सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने बताए। उनले निषेधित क्षेत्र फिर्ता लिनेबारे, गंगामाया र गोविन्द केसीको जीवनरक्षाका लागि सरकारले गरिरहेका कामबारे जानकारी माग्दै सदन अवरुद्ध गर्ने जानकारी गराएका हुन्। कांग्रेसले नयाँ संसद् गठनयता पहिलो पटक संसद अवरुद्ध गरेको हो। अहिलेको सरकारले राजाले जस्तै आन्दोलनका लागि कुना काप्चामा जानुपर्ने बताएको र त्यो पनि आफूहरुलाई मान्य नभएको कांग्रेसले बताएको छ। हाललाई अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित भएको जनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१