कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार ०६:०६

काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४(३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । खेलको ५७ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरे ।

तर खेलको ९३ औं मिनेटमा कोलम्बियाका यारी मिनाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । कर्नरबाट आएको पासमा उनले हेडमार्फत सुन्दर गोल गरे ।

त्यसपछि थपिएको आधाघण्टा समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट हार जित छुट्याइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१