दुई मेरुदण्ड, चार हातखुट्टा भएको अनौठो शिशुको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७५, मंगलवार १५:५०

धनगढी। कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताउनुभयो ।

गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । ‘उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो,’ डा. खनालले भन्नुभयो, ‘तर बच्चा बँचेन ।’ शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१