यी ७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७५, मंगलवार ०५:५४

तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजि तथा गोप्य जानकारीहरु हुन सक्छन्। साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जरुरी फोन नम्बरमात्र नभै विभिन्न अकाउन्ट सम्बन्धी जानकारी। यी सबै कारणले गर्दा मोबाइल अहिले मानिसको गोजीको रकेट बनिरहेको छ।

यस्तोमा आफ्नो मोबाइल सुरक्षित होस् र यसमा भएका डाटाहरु ह्याकरको हातमा नपुगुन् भन्ने चाहना सबैको हुन्छ। तर कहिलेकाहीँ तपाइँले थाहा नपाइकनै तपाइँकोे मोबाइल ह्याकरको पञ्जामा पुगिसकेको हुनसक्छ। यी सात प्रकारका संकेतहरु आफ्नो मोबाइलमा पाउनुभयो भने सचेत हुनुहोस् की तपाइँको मोबाइल कसैले ह्याक गर्दैछ।

१. फोन स्पीडः यदि तपाइँको फोनको स्पीड सामान्य भन्दा पनि निकै कम भयो र फोन ह्यांग भइरह्यो भने बुझ्नुहोस् की यसमा कुनै भाइरस वा मालवेयर छिरेको हुनसक्छ। म्यालिसियल प्रोग्राम अर्थात् यस्तो सफ्टवेयर प्रोग्राम जसले फोनको पर्फमेन्स तथा प्रयोगकर्ताको डाटामै नोक्सान पूराउन सक्दछ। यस्ता भाइरसले तपाइँको मोबाइल फोनको स्पीड तथा पर्फमेन्समा सिधारुपमा प्रभाव पार्दछन्। तर यो पनि ध्यान दिनुपर्दछ की नियमित रुपमा फोनको अपरेटिङ सिस्टम अपेडेट नगर्दा समेत यस्तो भएको हुनसक्छ । स्मरण रहोस् एप्पलले आफ्ना पूराना भर्सनका आइफोनमा आफैले स्पीड कम गरेको हालै स्विकार गरेको थियो।

२. फोन तात्नुः कहिलेकाहीँ आफ्नो फोन चलाउने बेलामा सधैभन्दा धेरै नै तातेको महसूस गर्नुभएको छ ? अमेरिकी इन्टेल कम्प्नीका विज्ञ भन्छन्, ‘फोनको ब्याकग्राउण्डमा कुनै मालवेयर प्रोग्राम चलिरहेको कारणले पनि यस्तो हुनसक्छ।’ अर्थात् तपाइँको फोनमा ह्याकरले भाइरसद्धारा आक्रमण गरेको अवस्थामा फोन बढि तात्दछ। कहिलेकाहीँ विभिन्न एपहरुलाई सही ढंगले बन्द नगर्दा पनि एपहरु चालू भएर फोन तातिरहेको हुनसक्छ।

३.ब्याट्री लाइफः फोन लगातार तातो हुँदा त्यसको असर ब्याट्रीमा पर्दछ। सोही कारण ब्याट्री आफ्नो आयूभन्दा कम समयमै ड्यामेज हुन्छ। तर अर्को महत्व्पूर्ण कारण हो, सिस्टम अपडेट। मोबाइल जोन वेबसाइटका अनुसार यदि अपडेट नयाँ तथा प्रभावशाली छ भने सिस्टम अपडेट गरिहाल्नु पर्दछ । यसो गर्दा ब्याट्री ड्यामेज हुनबाट बचाउँदछ। ब्याट्री लाइफ अस्वभाविक रुपमा गिरावट भएको छ भनेपनि सतर्क हुनुहोस् की तपाइँको मोबाइल ह्याकरको हमलामा परेको हुनसक्छ।

४. अज्ञात मेसेजः कहिलेकाहीँ तपाइँको आफ्नो फोन ह्याक भएको जानकारी तपाइँले भन्दा पहिले तपाइँका साथीहरुले पाउँछन्। कहिलेकाहीँ तपाइँको मोबाइलमा कुनै अन्जान नम्ब्रबाट मेसेज आउँछन् र त्यस्ता मेसेज आफै हराउँछन् पनि। यस्तो स्थितिमा तपाइँको साथी तथा परिवारका मानिसलाई एसएमएस तथा ह्वाट्एपबाट यस्तो सन्देश प्राप्त हुन्छ। जबकी त्यस्तो मेसेज तपाइँले पठाएको हुँदैन। यस्तो अवस्थामा तपाइँले आफ्नो इनबक्समा प्राप्त भएका त्यस्ता स्पाम मेसेज सबै डिलिट गर्नुपर्दछ। कहिलेकाहीँ इमेलको माध्यमबाट पनि ह्याकरहरुले त्यसरी जालमा फसाउने गर्दछन्। त्यसैले फोनमा आउने संकास्पद इमेलको लिंक नखोल्नुहोस्।

५. कुनै विन्डो आफै खुल्नुः कतिपय भाइरस यस्ता पनि हुन्छन् की जो अचानक तपाइँको फोनमा खुल्दछन्। कहिलेकाहीँ विज्ञापनको रुपमा त कहिलेकाहीँ नयाँ विन्डो वा ट्याबमा। कम्प्युटरको भाषामा यसलाई पप अप्स भनिन्छ । साइबर सेक्योरिटी विज्ञान जोसेफ स्टिनबर्ग भन्छन्, ‘जसरी कम्प्युटरमा इन्टरनेटको माध्यमबाट नयाँ ट्याब खुल्दछ, ठीक त्यसैगरी फोनमा पनि ट्याब खुल्दछ। यस्ताबाट सावधान रहेर टाढै रहनु आवश्यक हुन्छ।’

६. नयाँ एपः तपाई आफ्नो फोनमा कहाँबाट एप डाउनलोड गर्नुहुन्छ ? र यो कस्तो एप हो ? भन्ने कुराले ठूलो अर्थ राख्दछ । कहिलेकाहीँ तपाइँको इन्टरनेट डाटा यसकारण छिटो सकिन्छ की एपहरुले धेरै डाटा खपत गरिरहेको हुन्छ । स्टिनबर्गका अनुसार फोनलाई अपडेटेड राख्नु जरुरी हुन्छ । त्यस्तै एप बनाउने कम्पनी तथा सर्भिस प्रोभाइडरहरु पनि विश्वासयोग्य हुनुपर्दछ। अर्थात् नक्कली तथा भाइरसयुक्त एपहरु मोबाइल डाउनलोड नहुन् भन्नका लागि सचेतना अपनाउनुपर्दछ।

७. ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा केही काम गर्दै ग्र्दा कहिलेकाहीँ अनौठो आवाज निस्किरहेको हुनसक्छ । वेबपेजमा अनावश्यक तथा असामान्य चिज देखिन थाल्दछ। यसो हुनुमा कहिलेकाहीँ तपाइँको फोन ह्याकरको हमलामा परिरहेको संकेत पनि हुनसक्छ। फोन गरिरहेको बेलामा फोनको ब्याकग्राउण्डमा बिप साउण्ड लगातार आइरहेको छ भने सावधान हुनुहोस् तपाइँको फोनकल कसैले रेकर्ड गरिरहेको छ।

बँच्नका लागि के गर्ने ?

-विश्वासिलो कम्पनीको एन्टी भाइरस फोनमा इन्स्टल गर्ने

-अनावश्यक एपहरु इन्स्टल नगर्ने, तथा इन्स्टल गरिसकेका त्इस्ता एप डिलिट गर्ने

-सित्तैको वाइफाइको चक्करमा जहाँतहीँ आफ्नो फोनमा वाइफाइ नचलाउने

-फोनमा बलियो पासवर्ड राख्ने

-पप अप्समा भुलेर पनि क्लिक नगर्ने

-फोन सदैव अपडेट गरिरहने

-इन्टरनेट डाटा कति खपत भैरहेको छ, निगरानी राखिरहने । बीबीसीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१