उत्तर कोरियाली शासक किमले सार्वजनिक स्थलमै सैनिक अधिकारीलाई ९० गोली हानेर हत्या गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७५, मंगलवार ०५:२५

प्योङयाङ। उत्तर कोरियाली शासक किम जोङ उनले आफ्ना एक सैन्य अधिकारीलाई सार्वजनिक स्थलमै ९० गोली हानेर हत्या गरेका छन् । लेफ्टिनेन्ट जनरल ह्योग जू सोङमाथि जवानलाई तोकिएको भन्दा बढी खाना तथा इन्धन दिएको आरोपमा किमले सार्वजनिक स्थलमै गोली हानी हत्या गरेका हुन् । केही समय अगाडि उनलाई अधिकारको गलत प्रयोग गर्ने तथा देशद्रोहमा दोषि ठहराइएको थियो ।

द सन अखबारमा छापिएको समाचार अनुसार सैन्य अधिकृत जनरल ह्योगा जू सोङलाई राजधानीस्थित सैन्य एकेडेमीमा मृत्यूदण्डको सजाय सुनाइएको थियो । ह्योगले १० अप्रिलमा एक भू–उपग्रह लन्चिङ स्टेसनको पनि निरिक्षण गरेका थिए ।

उनले परमाणु हतियार तथा रकेट बनाउनका लागि अब आफुहरु भोकै बस्न नसक्ने बताएका थिए । त्यसछि यी अधिकारीले सेनाका परिवारका लागि धेरै चामाल तथा इन्धन बाड्ने निर्देशन दिएका थिए । यसैलाई आधार मानेर किमले अधिकृतलाई मृत्यू दण्डको सजाय सुनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१