लेकालीलाई बधाई ।

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७५, मंगलवार ०५:०४

विश्व कप फुटबल चलिरहेको बेला यता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय नेतृत्व निर्वाचनको तयारीको विश्व कप चलिरहेको कुरा सम्पूर्ण साहित्यप्रेमी व्यक्तित्वहरूलाई विदितै छ । यसै क्रममा अनेसासको केन्द्रीय निर्वाचनमा संस्थापन पक्षका तर्फबाट अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली प्रत्यासी हुनुभएको कुरा जानकारीमा आएको छ । अनेसासको च्याप्टर र केन्द्रीय समितिमा लामो समयसम्म काम गरी अनुभव प्राप्त गर्नुभएको लेकालीको यो उम्मेदवारी अनेसासका लागि खुसीको कुरा हो भन्ने निष्कर्षमा पुगेको छु म । यसै त राधेश्याम लेकाली अनेसासको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा तीनपटकसम्म निर्वाचित भई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ । संस्थाको सन् २०१२–१४ को कार्यकालमा म केन्द्रीय कोषाध्यक्ष पदमा रहँदा उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो र त्यही कार्यकालमा २ वर्षका लागि मैले उहाँसँग एउटै समितिमा रहेर प्रत्यक्ष काम गर्ने अनुभव प्राप्त गरेको छु । उहाँ यो पदमा निर्वाचित हुनुपूर्व नै केन्द्रीय समितिको सदस्यसमेत रहेर काम गरिसक्नुभएको छ । तसर्थ, यस संस्थाको नेतृत्वमा रहन त्यस संस्थाको सदस्यदेखि नेतृत्व तहका अन्य कार्यकारी पदहरूसमेत ग्रहण अनुभव सँगालीसक्नुभएका लेकालीको यो उम्मेदवारीले एउटा अनुभवी, सक्रिय, जानकार र जिम्मेदार व्यक्तिलाई अनेसासको नेतृत्व सुम्पन तयार रहेको अनुभव हुँदै गएको छ । साहित्यिक कार्यहरूको चर्चा गर्दा अध्यक्षका प्रत्यासी लेकालीजीले २०५६ सालमा अनेसासको मुखपत्र “अन्तर्दृष्टि”को सम्पादन गरी त्यसपछि पनि अन्तर्दृष्टि प्रकाशन गर्ने काममा निरन्तर योगदान गर्दै आउनुभएको छ । अनेसासका विभिन्न समय र चरणमा भएका अन्तर्राष्ट्रिय गतिविधिहरूमा भाग लिन, योगदान गर्न आफ्नै खर्चमा उहाँले भारत, जापान, कोरिया, अष्ट्रेलिया, अमेरिकालगायत देशहरूको भ्रमण पनि गरिसक्नुभएको छ । कतिपय उहाँका आलोचकहरूले लेकालीलाई आरोप लगाएका छन् “उहाँको हालको वतन नेपाल भएकोले अध्यक्ष भइसकेपछि विभिन्न देशमा जान भीसा नलाग्न सक्ने हुनाले अध्यक्षको हैसियतले ती देशहरूमा गएर कार्यक्रम गर्न सम्भव हुँदैन ।” मेरो विचारमा कोरिया, जापान, अष्ट्रेलिया, अमेरिका जस्ता देशहरूमा अनेसासकै कार्यक्रमका लागि प्रवेश पाइसक्नुभएका लेकालीलाई बाँकी अन्य देशहरूमा जानुपर्यो भने रोकावट हुन्छ भन्नु केवल विरोध मात्र हो । कुनै पनि संस्थामा रहेर काम गर्न संस्थाप्रतिको प्रेम र लगावको जरूरी हुन्छ । माथि नै उल्लेख भएअनुसार उहाँले एक कार्यकाल केन्द्रीय सदस्य र तीन कार्यकाल वरिष्ठ उपाध्यक्षमा व्यतीत गरिसक्नुभएको छ भने उहाँ संस्था र व्यक्तिवीचमा अगाध प्रेम र लगाव आफैं गाँसिइसकेको हुन्छ । तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित गरिसक्नुभई एक दशकभन्दा बढी अनेसासमा प्रत्यक्ष सांगठनिक काम गर्ने व्यक्तिलाई यो पटकको नेतृत्व गर्न दिनुपर्छ । त्यसका लागि उहाँ भौतिक र मानसिक रूपले पनि तयार भइसक्नुभएको छ । यस कारण म अनेसासको आजीवन सदस्यको नाताले लेकालीजीलाई अनेसासको आगामी अध्यक्ष पदका लागि अग्रिम शुभकामना दिन चाहन्छु । नेपालको सुन्दर जिल्ला इलाममा बि.सं. २०१५ सालमा जन्मनुभएका लेकालीले पत्रकारितामा स्नातक र नेपालीमा स्नातकोत्तर गर्नुभएको छ । शैक्षिक योग्यता, सांगठनिक कुशलता भएका र अनेसासको उन्नतिमा निरन्तर लागिपर्नुभएका व्यक्तित्व राधेश्याम लेकालीलाई आगामी अनेसासको निर्वाचनमा बहुमतले जिताऔं भन्ने कामना गर्दै फेरि पनि विजयको शुभकामना दिन चाहन्छु । नारायण अधिकारी आजीवन सदस्य, अनेसास । भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०