आँप खाँदाका फाइदै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७५, सोमबार ०५:३५

आँपलाई फलको राजा पनि भनिन्छ । नभनियोस् पनि किन रु खाँदा निकै स्वादिलो लाग्ने र सम्भिmँदै मुख रसाउने यो फल मिठो मात्र होइन निकै गुनिलो पनि छ । आपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ । आप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएर चिन्तित भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ र यसले वजन बढाउन समेत सहयोग गर्छ ।
आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता सरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् । यो एन्टी अक्सिडेन्ट तत्वको मुख्य श्रोत पनि हो जसले सरीरमा कोषको क्षयिकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ । आँपको नियमित सेवनले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम हुने विज्ञहरु बताउँछन् ।
आँपमा घुलनशील फाइबर पेक्टिन पाइन्छ जसले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बताउँछ ।
आपको सेवन मोटाउन चाहनेहरुका लागि समेत सहयोगी हुन्छ । आँपमा प्रसस्तै क्यालोरी पाइन्छ । आँपमा स्टार्च पनि पाइन्छ जो सरीरमा सजिलै चिनीमा परिणत हुन्छ ।
अपच तथा अम्लपना जस्ता समस्या हटाउन पनि आपको सेवन लाभदायक हुन्छ ।
रक्तअल्पता भएका विरामीहरुले आँपको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुका लागि आँपको सेवन निकै फाइदाजनक हुन्छ । आँपमा प्रसस्तै आइरन पाइन्छ ।
पाकेको आँपको गुदी अनुहारमा लगाएर केही समयपछि पखाल्ने क्रिया नियमित रुपमा गरेमा अनुहारमा डण्डिफोर आउने समस्या कम हुन्छ ।
आँपमा भिटामिन बी ६ प्रसस्त मात्रामा पाइन्छ । जसले मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त बनाउँछ र स्मरणशक्ति पनि बढाउँछ ।
सरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि आँपको सेवन फलदायी हुन्छ ।
पाकेको आँपमा भिटामिन ए प्रसस्त पाइने भएकाले यो आँखाको लागि समेत निकै फाइदाजनक हुन्छ ।
आँपमा भिटामिन इ समेत पाइने भएकाले व्यक्तिको यौन क्षमता बढाउन समेत आँपको सेवन उपयोगी हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१