बन्ने भयो ‘पुरानो बुलेट’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार १७:०५

काठमाडौं। अभिनेता अनुप विक्रम शाही स्टारर नयाँ फिल्म ‘पुरानो बुलेट’ को छायांकन आरम्भ भएको छ । असार १६ गते शनिवारबाट फिल्मको छायांकन राजधानीबाट सुरु भएको हो ।

काठमाडौंका बिभिन्न स्थानमा छायांकन सकेर ‘पुरानो बुलेट’ निर्माण टिम पूर्वाञ्चल प्रदेश नं। १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए । भिषण राईले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् ।

पूर्वाञ्चलका विभिन्न स्थानहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक राईले जानकारी दिए । यसमा अनुपसँगै अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिका रहेका छन् । फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

बादल श्रेष्ठ,करन धिताल ,कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुकोे पनि अभिनय रहने यस फिल्मको निर्माण लागत १ करोड रहने बताइएको छ ।

निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथा तथा पटकथा रहेको छ । ‘पुरानो बुलेट’ मा हरि घले लामाको छायांकन, प्रसान्त तामाङको कोरियोग्राफी, उत्तम जंग लिम्बु र जयन जे। वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे। वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१