पूर्व शान्ति मन्त्रि ढकाल “स्टॉकहोम पिस अवार्ड” द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार १५:२६

स्टॉकहोम,स्वीडन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकाल स्वीडनको राजधानी स्टॉकहोममा सम्मानित हुनु भयको छ । “स्टॉकहोम पिस अवार्ड” समितिद्वारा स्टॉकहोम स्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा आयोजित भब्य समारोहमा ढकाल सहित विश्वभरिका दश जना सामाजिक अगुवाहरुलाई उक्त सम्मान प्रदान गरियको थियो ।

ढकालले नेपाल तथा एशियाली मुलुकमा शान्ति, भाइचारा तथा सदभाव अभिवृद्धि गर्न महत्वपुर्ण योगदान गर्नु भयको भन्दै उक्त पुरस्कार प्रदान गरियको आयोजकहरुले बतायका छन । थाईल्याण्डका बरिष्ट भिक्षु फ्रावितेस्पुन्यपोर्णको पहलमा तथा युरोपियन र एशियन विभिन्न सस्थाहारुको सहयोगमा स्थापित “स्टॉकहोम पिस अवार्ड” स्वीडनकोलागि थाई महामहिम राजदुत सॊन्थोर्न चैयीन्दीपुमले पूर्व मन्त्रि ढकाललाई प्रदान गर्नु भयको थियो । उक्त कार्यक्रममा बोल्दै पूर्व मन्त्रि ढकालले गौतम बुद्ध र सगरमाथाको देश नेपालबाट विश्वको लागि शान्तिको संदेश बोकेर ल्यायको बताउनु भयो ।

ढकालले वर्तमान विश्वका अनगिन्ति चुनैतिहरुको सामना गर्न एक्लै नसकिने भन्दै शान्तिका पक्षधरहरु एक हुनु पर्ने धारणा राख्नु भयो । ढकालले संसारमा युबाहरुको गिर्दो अबस्थाबारे चिन्ता ब्यक्त गर्दै युबाहरुलाई सहि दिशा निर्देश गर्न नैतिक जागरणको खाँचो रहेको उल्लेख गर्नु भयो । २५०० बर्ष अघिको गौतम बुद्धको संदेश आज पनि त्यतिकै सान्दर्भिक रहेको बताउदै ढकालले नेपालको सफल शान्ति प्रकृयाको बारेमा पनि आफ्नो सम्बोधनमा व्यख्या गर्नु भयको थियो । इन्टरनेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल अन्तराष्ट्रिय स्तरमा चर्चित थोरै नेपालीहरु मध्ये एक हुनुहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१