परराष्ट्र मन्त्रालयले किन रोक्यो प्रहरीको महत्त्वपूर्ण सूचना ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार १३:५८

काठमाडौँ । द्वन्द्वकालमा कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त रुद्र आचार्यलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले चालेको कदमलाई परराष्ट्र मन्त्रालयले अडाएको तथ्य खुलेको छ । अभियुक्त आचार्य बेलायतमा रहेको भन्दै उनलाई पक्रन प्रहरी प्रधान कार्यालयले २०१४ जुनमा रेडकर्नर नोटिस जारी गरिसकेको थियो ।त्यसलगत्तै बेलायती प्रहरीले विस्तृत जानकारी मागेपछि प्रहरी प्रधान कार्यालयले उनको विवरण गृह मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको थियो ।

तर परराष्ट्रले उक्त महत्त्वपूर्ण सूचना बेलायत नपठाई लुकाएर राखेको छ । २०६१ जेठ २४ मा गते तत्कालीन माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । कृष्णको हत्यामा संलग्न अभियुक्तमध्येका एक रुद्र आचार्यलाई अदालतले फरार अभियुक्तको सूचीमा राखेको छ ।

हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै ३१ दिनयता कृष्णप्रसादकी आमा गंगामाया वीर अस्पतालमा आमरण अनशनरत छिन् । गंगामायाको स्वास्थ्य गम्भीर बन्दै जाँदा उनको माग पूरा गर्न सरकारले गरेको पहलबारे बुझने क्रममा प्रहरी प्रधान कार्यालयले पठाएको पत्र परराष्ट्रले अगाडि नबढाएको तथ्य खुलेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१