कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार १२:५७

काठमाडौं । सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

यसपटको लिइएको परीक्षाबाट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ।

परीक्षा जेठ २६ र २७ गते भएको थियो। यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि कोटा निर्धारण गरेको छ।

यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०