करोडौं पर्ने वुद्धचित्तको विवादमा प्रहरीकै संलग्नता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार ०६:०५

काठमाडौं । करौडौ मुल्यमा खरिदविक्रि भएको वुद्धचित्त फलमा खरिदकर्ता भनिएका दुईपक्ष वीचको विवादबारे उच्च अदालतमा निषेधाज्ञा मुद्धा चलिरहेकै बेला प्रहरी प्रशासन गई टिपेर ल्याएको छ । विवाद गर्ने एक पक्षसंग मिलेमत्तो गरि लाखौं कमिशन आउने लोभमा प्रहरीले बेलै नभै उक्त वुद्धचित्त टिपेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याएर राखेको छ । प्रहरीको मिलेमत्तोमा टिपिएको उक्त फल टिप्न वन कार्यालयबाट अनुमति समेत नलिएको सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले बताएका छन् । वन कार्यालयको छुटपुर्जि विना टिपिएको फल बरामत गर्नुपर्ने प्रहरी नै वन कार्यालयको पुर्जि विना नै फल टिपेर ल्याएको भन्दै विवाद चर्किएको छ । करोडौं मुल्यमा खरिद विक्रि भईरहेको बताइदै आएको वुद्धचित्त प्रहरीले किन टिपेको भन्ने बारेमा प्रहरीले स्पष्ठ जवाफ दिन सकेको छैन । प्रहरीले टिपिएको फल प्रहरी कार्यालयमा भएको र जस्को प्रमाण बलियो छ उसैलाई दिने जनाएको छ । यो विवाद बारे जिल्लाप्रहरी कार्यालयमा त्रिपक्षिय वार्ता भइरहेको बताइएको छ ।

रोशीगाउपालिका स्थित तत्कालिन शिसाखानी गाविस ८ का आइते सिंह थिङको एउटा वुद्धचित्तको रुखमा फलेको फल टिप्नु अघि त्यहा जडान गरिएको सिसि क्यामरा पनि फुटाइएको छ । प्रहरी समेत संलग्न भएर फल टिप्दा बोट धनि र खरिदकर्ता भनिएका अर्को पक्षलाई कुनै जानकारी नदिएको बताइएको छ । सो रुखको फल टिप्ने बेला अझै एक महिना नभएको भन्दै करिब ४५ केजि जति रहेको सो फल जुनपक्षले पाएपनि विक्रि गर्न समस्या हुनसक्ने औल्याइएको छ ।

विवादको घटनाबारे जानकारी दिदै आइते सिंह थिङले भने– ठुलो पर्सेलका सानुबाबु तामाङ ले वार्षिक १८ लाखको दरले ५ वर्षको ९० लाखमा लिने र बोट धनिले नेपाल इन्भेष्टमेन्ट बैकको चेक नम्बर ३००६१११०८५को चेकबाट ४० लाख भुक्तानि लिएको भनेर पहिले करारनामा गराए । पहिलो करारनाममा मा ०७६ ।२।२३ भित्र बाकी रकम ५० लाख भुक्तानि दिने सहमति थियो । फेरी ५ वर्ष सम्मको लागि १ करोड २५ लाख अर्को करारनामा गरि नेपाल इन्भेष्टमेन्ट बैकको चेक नं ३००६१११०८५ भुक्तानी हुनेगरि ५० लाख रुपैया बैना दिएको भनि करारनामा गरियो । दोस्रो करारनाममा मा ०७८र२र २३ गते भित्र बाकी ७५ लाख भुक्तानी भनिएको छ ।

करारनामा अनुसार सानुबाबु तामाङले रकम नदिएपछि ङेमा लामा संग १ करोड १० लाखमा विक्रि गर्ने गरि करारनामा गरेको बोट धनी आइते सिंह थिङ बताउनु हुन्छ । सानुबाबु तामाङले बैना बापत दिएको रकममा उल्लेख गरिएको चेकनम्बर दुईवटै करारनामामा एउटै छ । उक्त चेक बाट एकरुपैया पनि नपाएको उनको गुनासो छ । पछि ङेमा लामा संग १ करोड १० लाखमा करारनामा गरि एभरेष्ट बैकको विभिन्न चेकबाट ५० लाख बैना लिएको उनले बताए । ङेमा लामाले बोटधनीलाई बैकिङ प्रणाली मार्फत भुक्तानी गरिएको स्टेटमेनट रहेको जनाइएको छ । ङेमाले २०७ ।६।२५ सम्मबाकी ६० लाख भुक्तानी गर्ने गरि करारनामा गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

त्रीपक्ष विवाद बढेपछि उच्च अदालतमा जिल्ला प्रशासन काभ्रे समेतको विरुद्ध समेत निषेधाज्ञा मुद्धा परेको छ । यसको १९ गते तारीक छ । प्रहरीले भने बोट धनिलाई रकम नै नदिएको पक्षसंग मिलेर जवरजस्ती फल टिपेर ल्याएको ५० लाख बैना दिने ङेमा लामा पक्षको भनाई छ । एउटै बोटको फलको करोडौं रुपैया आउने भएपछि प्रहरीले विवाद मिलाउने नाउमा वर्षेनी वुद्धचित्तको फल जिल्ला प्रहरी कार्यालयमा ल्याउने गरेको छ । यस पटक भने प्रहरी स्वयं गएर घरधनीको कुरा नसुनी जवरजस्ती फल टिपेर ल्याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०