अर्जेन्टिना र पोर्चुगल विश्वकपबाट बाहिरियो, एकै दिन आउट भए दुई महान खेलाडी ! रोनाल्डो र मेस्सिका फ्यानहरु स्तब्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार ०५:५३

उरुग्वेसँग नकआउट चरणमा २-१ गोलअन्तरले हुँदै पराजित हुँदै पोर्चुगल रुस विश्वकपबाट बाहिरिएको छ। योसँगै विश्वकपबाट फुटबलका दुर्इ महान खेलाडीहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै दिन आउट भएका छन्।

यसखेल अघि भएको खेलमा फ्रान्ससँग ४-३ अन्तरले पराजित हुँदै लियोनल मेस्सीको अर्जेन्टिना बाहिरिएको थियो।

उरुग्वेलार्इ क्वार्टरफाइनलमा पुर्याउन इडिसन काभानीले २ गोल गरे। पोर्चुगलकाका पेपेले एक गोल फर्काएका थिए। जितसँगै उरुग्वेले क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको छ।

काभानी र सुआरेजले गज्जबको तालमेल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। मैदानको मध्यभागमा बल अघि बढाई रहेका काभानीले मैदानको तिर रहेका सुआरेजलाई लामो पास दिएका थिए। लगत्तै मध्यभागबाट दौड्दै काभानी डी बक्समा आइपुगे। जहाँ उनलाई सुआरेजले लामो पास दिए र त्यसमा हेडर गर्दै काभानीले उरुग्वेलाई ८ औं मिनेटमा १–० को अग्रता दिलाएका थिए।

५५ औं मिनेटमा डिफेन्डर पेपेले पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए। कर्नरबाट आएको बलमा हेडर गर्दै पेपेले बराबरी गोल फर्काएका थिए।

यस्तै काभानीले ६२ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–० को जितसहित क्वार्टरफाइनलमा पुर्याएका हुन।

रोनाल्डो र मेस्सी बाहिरिएसंगै करोडौ उनीहरुका फ्यानहरु दुखि हुदै स्तब्ध बनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१